नेप्सेको दैनिक कारोबारमा नयाँ रेकर्ड, ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Feb 20, 2020 03:29 PM Merolagani



फागुन ८ गते बिहीबार नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन १८० कम्पनीको २३ हजार ९०० पटकको कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढीको ५८ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

यो हालसम्म नेप्सेमा एक दिनमा भएको कारोबारमा सबैभन्दा बढी हो। यस अघि २०७३ साउन ११ गते मंगलबार सर्वाधक २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। सो दिन नेप्से एक हजार ८६६.५० विन्दुमा बन्द भएको थियो। त्यसपछि हालसम्म सो रकम बराबरको शेयर खरिदबिक्री भएको छैन।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.०९ प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से २९.३२ अंक बढेर एक हजार ४३४.५७ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढेसँगै यस दिन ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन बोटलर्स नेपाल तराई, फर्स्ट माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, बुटवल पावर कम्पनी, ग्रामीण विकास लघुवित्त, नेरुडे लघुवित्त र फरवार्ड कम्यूनिटीको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक सोही दरमा बढेको हो। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको ५.५५ प्रतिशत, जीवन बीमाको ४.७६ प्रतिशत, उत्पादनको ३.४७, होटलको २.५८ प्रतिशत, जलविद्युतको १.३४ र अन्यको १.२७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्तको ०.९६, बैंकिङ्गको ०.६६ र विकास बैंकको ०.५४ प्रतिशत बढेको छ। व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन क्रमशः १.१ र ०.३९ प्रतिशत घटेको छ।

समूहगत आधारमा यस दिन लघुवित्त उपसमूहको सबैभन्दा बढी शेयर खरिदबिक्री भएको छ। यस दिन सो उपसमूहको ७८ करोड ३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा कम्पनीहरुको ५१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिनको मोस्ट पपुलर बाईमा एनएमबि लघुवित्त, मञ्जुश्री फाइनान्स, गुराँस लघुवित्त, लक्ष्मी लघुवित्त, नेशनल हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन्।

त्यसैगरी, मोस्ट पपुलर सेलमा सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ्ग लगायतका कम्पनीहरु रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।