विन्ध्यवासिनी हाइड्रोपावरले निष्काशन गर्न लागेको आइपीओलाई ग्रेड ४ प्लस रेटिङ्ग

Feb 21, 2020 01:47 PM Merolagani



विन्ध्यवासिनी हाइड्रोपावरले निष्काशन गर्न लागेको २५ करोड रुपैयाँ बराबरको आइपीओलाई केयर नेपालले ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। 

हाइड्रोपावरले जारी गर्न लागेको आइपीओलाई केयर नेपालले ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको हो जसले कम्पनीओ अवस्था औषतभन्दा कमजोर रहेको देखाउछ।

८.८ मेगावाटको रुदी खोला 'ए'  र ६.६ मेगावाटको रुदी खोला 'बी' जलविद्युत आयोजना निर्माण गरिरहेको हाइड्रोपावरले आइपीओ जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाइसकेको छ भने धितोपत्र बोर्डमा समेत अनुमति माग्दै आवेदन दिइसकेको छ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले एक सय रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको उक्त कम्पनीको दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १७ करोड ५० लाख रुपैयाँ रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।