चौतारी र आरम्भले मर्जरका लागि पाए राष्ट्र बैंकबाट अन्तिम स्वीकृती

Mar 02, 2020 12:31 PM Merolagani



चौतारी लघुवित्त र आरम्भ लघुवित्त एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको छ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम विभिन्न शर्तहरुको अधिनमा रहेर मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै लघुवित्तलाई अन्तिम स्विकृती प्रदान गरेको हो।

दुवै लघुवित्तहरुको साधारण सभाबाट निणर्य गरे बमोजिम १ बराबर १ अनुसार शेयर स्वाप अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति प्रदान गरेको हो।

लघुवित्तहरुलाई छिटो एकिकृत कारोबार गरी रोक्का रहेको दुबै लघुवित्तको शेयर कारोबार गाभिएर कायम हुने संस्था आरम्भ चौतारी लघुवित्तको नामबाट छिट्टै कारोबार फुकुवा गर्ने व्यवस्था समेत मिलाउन बैंकले निर्देशन दिएको छ।

मर्जर पश्चात लघुवित्तकोे केन्द्रिय कार्यालय बनेपा नगरपालिकामा रहनेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।