गुराँस लाइफको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 04, 2020 07:47 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (फागुन २१ गते) अन्तिम दिन हो।

इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनार्थ फागुन २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। कम्पनीले १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

इन्स्योरेन्सको नवौँ वार्षिक साधरण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।