लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Mar 04, 2020 07:53 AM Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले फागुन १४ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको करिब १ लाख कित्ता शेयर खरिदका बोलपत्र पेश गर्ने आज (फागुन २१ गते) अन्तिम दिन हो।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्रीमा ल्याएको हो।

लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याइएको अवितरित ९९ हजार ७२६ कित्ता हकप्रद शेयरका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।


comments powered by Disqus

दुई बर्षमा लगानीकर्ताकाे सम्पत्ति ४ खर्बले बढ्याे,बाेनस र हकप्रदले पूँजीकरण बढायाे

Aug 12, 2020 03:43 PM
  • सुधा देवकाेटा

गएको दुई वर्षमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति चार खर्ब रुपैयाँले बढेको छ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीको बजार पुँजीकरणमा भएको सुधारले लगानीकर्ताको सम्पत्ति करिब २२ प्रतिशतले बढेको हो।