शिखर इन्स्योरेन्सको हकप्रद चैत १३ गतेदेखि

Mar 05, 2020 08:41 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी (SICL) ले यहि चैत १३ गते बिहीबारदेखि चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत २०७७ बैशाख ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपि आईपिओ ग्रेड ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट माघ १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।