करिब ४६ अंक घट्यो नेप्से, ३ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

Mar 12, 2020 03:33 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.२३ प्रतिशत अर्थात ४५.९१ अंक घटेर एक हजार ३७७.१८ विन्दुमा पुगेको छ। बजार ओरालो लागेसँगै यस दिन ३ कम्पनीहरुको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

यस दिन स्वाभिमान लघुवित्त, राधी विद्युत कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो। स्वाभिमानको शेयरमूल्य यस दिन ११० रुपैयाँ घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने राधीको १८ रुपैयाँ घटेर १७१ र हिमाल दोलखाको ९ रुपैयाँ घटेर ८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिहीबार १८२ कम्पनीको २३ हजार २०५ पटकको कारोबारमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको ५६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबारमा आएका १८२ कम्पनीमध्ये ९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। होटल र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, लघुवित्त, जलविद्युत र बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।