गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Mar 15, 2020 08:28 AM Merolagani



गुडविल फाइनान्स लिमिटेड (GFCL) ले फागुन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १२ प्रतिशत ब्याजदर पाइने २५ करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (चैत २ गते) अन्तिम दिन हो।

फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन खुला गरेको थियो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १५ करोड रुपैयाँबराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरेको हो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने बताएको छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। फाइनान्सले निष्काशन गरेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।