गत साता दैनिक औषतमा १ अर्ब ८३ करोडको कारोबार

Mar 15, 2020 10:14 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ५८ अंक घटेको थियो। तीन कारोबार दिनका लागि खुला रहेको बजारमा दुई कारोबार नेप्से ओरालो लाग्दा लगानीकर्ताले ७१ अर्ब ५९ करोड रुपैयाँ गुमाए।

गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, नेप्सेको पछिल्लो २० दिनको औषत कारोबार रकम २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एक हजार ३७७.१८ विन्दुमा झरेर बन्द भएको थियो। सो दिनको अन्तिम विन्दु अनुसार आगामी दिन ओरालो लागे नेप्सेले आगामी दिन एक हजार ३२५ विन्दुमा टेवा पाउने देखिन्छ। यद्यपि, एक हजार ३५० देखि एक हजार ३२० सम्मको क्षेत्रलाई बलियो टेवा मान्न सकिन्छ।

त्यसैगरी, आगामी दिन नेप्से उकालो लागेमा एक हजार ४७५ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको आरएसआई ४५.३७ स्केलमा पुगेका थियो।

फियर एण्ड ग्रीड मिटरमा नेप्से गत बिहीबार न्यूट्रल जोनमा झरेको छ।

बैंकिङ्ग उपसमूह

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक ५५.३२ अंक घटेर एक हजार २६६.९३ विन्दुमा झरेको थियो। सो साताको अन्तिम विन्दुका आधारमा यस उपसमूहले आगामी दिनमा एक हजार १६० विन्दुमा टेवा पाउने सम्भावना देखिएको छ। यस उपसमूहको परिसूचक उकालो लागेमा भने एक हजार ३०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिएको छ।

गत साता बैंकिङ्ग उपसमूहको दैनिक औषत कारोबार रकम ७७ करोड ४२ लाख रुपैयाँ रहेको थियो। यस उपसमूहको पछिल्लो २० दिनको औषत कारोबार रकम भने ९७ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

फियर एण्ड ग्रीड मिटरमा यो उपसमूह पनि अहिले न्यूट्रल जोनमा रहेको छ।


(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।