युनाइटेड इदी-मर्दीको आईपीओ चैत १० गतेदेखि खुल्ने

Mar 16, 2020 07:56 AM Merolagani



युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयवासीका लागि प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

हाइड्रोपावरको आईपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आईपिओमा छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।