युनाइटेड इदी-मर्दीको आईपीओ चैत १० गतेदेखि खुल्ने

Mar 16, 2020 07:56 AM Merolagani



युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयवासीका लागि प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

हाइड्रोपावरको आईपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आईपिओमा छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ। यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।