सहाराको ९ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

Mar 18, 2020 08:21 AM Merolagani



सहारा विकास बैंक लिमिटेड (SHBL) ले ९ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। बैंकले संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले चैत १२ गतेदेखि १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जनाएको छ।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय, सहाला विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।