नेपाल एसबिआईको ऋणपत्र बाँडफाँड

Mar 20, 2020 09:21 AM Merolagani



नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले ऋणपत्र बाँडफाँड गरेको छ। बैंकले गत माघ २८ गतेदेखि फागुन २८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र चैत ५ गते बाँडफाँड गरेको हो।

बैंकले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको थियो।