नेपाल एसबिआईको ऋणपत्र बाँडफाँड

Mar 20, 2020 09:21 AM Merolagani



नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले ऋणपत्र बाँडफाँड गरेको छ। बैंकले गत माघ २८ गतेदेखि फागुन २८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र चैत ५ गते बाँडफाँड गरेको हो।

बैंकले कूल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको थियो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।