नेप्सेका सीइओ साउदलाई स्वार्थी समूहले परिचालन गरेको लगानीकर्ताको आरोप

Mar 22, 2020 02:14 PM Merolagani



नेपाल स्टक एक्सेञ्ज (नेप्से) का सीइओ चन्द्रसिं साउदलाई लगानीकर्ताहरुले स्वार्थी समूहबाट परिचालत भएको आरोप लगाएका छन्। नेप्सेले प्रधानमन्त्रीको सम्बोधन अनुसार आइतबार शेयर बजारमा कारोबार नरोकेको भन्दै लगानीकर्ताहरुले सीइओ साउदलाई स्वार्थी समूहबाट परिचालन भएको आरोप लागाएका हुन्।

लगानीकर्ता संगठन नेतृत्व टोलीले कारोबार बन्द गराउनु पर्ने भन्दै सीईओ साउदसंग छलफल गरेको थियो। छलफलको क्रममा साउदले बजार बन्द गर्नको लागि माथि (नियमन निकाय सेबोन) बाट लिखितपत्र नआएको भन्दै कारोबार बन्द गर्न नसकिने जवाफ दिएकाे नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी गराए। प्रधानमन्त्री सम्बोधन अनुसार स्वतः कराेबार बन्द हुनुपर्ने हाे। तर नेप्सेका सीइओ साउदलाई स्वार्थी समूहले परिचालन गरेर आजको कारोबार खुलाएको । यसको क्षतिपूर्ती नेप्सेले व्यहोनुपर्छ, उनले भने ।

यता नेप्सेले भने बोर्डको निर्देशन आए भोलि सोमबारदेखि बजार बन्द गर्न सकिने जनाउदै आजको दिन भने कारोबार खुल्ला रहने जनाएको छ। सेबोनले बजार बन्द गर्ने वा नगर्ने भन्नेबारे कुनै स्पष्ट निर्देशन नदिएपछि शेयर कारोबार खुलिरहेको छ।

आइतबारको शेयर बजार खुलाउने कि बन्द गर्ने भन्नेबारे नेप्से पदाधिकारी र लगानीकर्ताहरूबीच वादविवाद हुँदा केही समय परिस्थिति उत्तेजित बनेको थियो।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।