सरकारी कर्मचारी बिस्तारै काममा खटिँदै, बजेट तयारीका लागि अर्थका कर्मचारी शनिवार पनि व्यस्त

Apr 04, 2020 06:33 PM merolagani

सुवास निरौला

कोरोना सङ्क्रमणको सन्त्रासले केही दिन सुस्ताएका मन्त्रालय मातहतका सबैजसो सरकारी  कर्मचारी पुन: काममा फर्किन थालेका छन्। प्रधानमन्त्री कार्यालयले कामको विवरण माग गर्न थाले पछि मन्त्रालयका कर्मचारी काममा फर्किएका हुन् ।

कर्मचारीहरू काममा मात्रै फर्किएका छैनन् उनीहरू शनिवार समेत काममा खटिन थालेका छन् । कोरोनाको असाध्यै त्रासका कारण भीडभाड हुने भन्दै घरबाटै काम गर्दै आएका कर्मचारी समेत कार्यालयमै हाजिर हुन थालेका छन्। केही दिन अघि भीडभाड हुने भन्दै धेरैजसो कर्मचारीलाई घरमै बस्न भनिएको थियो । तर पछिल्लो समय सुरक्षा सतर्कता अपनाएर काम गर्न दिने सरकारले निर्णय गरेसँगै सरकारी कर्मचारी समेत कार्यालय आउन थालेका हुन् ।  

नियमित काम गरिरहेका कर्मचारीले कोरोनासँग भिड्नु परेपछि कामको चाप बढेको छ । नियमित काम, कोरोनाको रोकथामको आर्थिक याेजना र बजेटकाे पूर्व तयारीसमेत एकै पटक गर्नु परेपछि अर्थ मन्त्रालयका कर्मचारीले शनिवार समेत काममा व्यस्त हुन थालेका हुन् । एक्कासी आएको कोरोनाको त्रासमा के गर्ने,नगर्ने भन्ने दुबिधाका बिचमा काम गरिरहेका कर्मचारीले यति बेला भने सहज रूपमै काम गरिरहेका छन् । उनीहरू अहिले उच्च सतर्कताका साथ  कन्फिडेन्स लिएर काम गरिरहेका छन्। यस अघि सीमित कर्मचारीले मात्रै रात दिन काम गरिरहेका थिए। 

केही दिन अघि सुनसान रहेका मन्त्रालयका शाखाहरूमा सोसिएल डिस्ट्यान्स सहितको चहल पहल बढ्न थालेको छ ।  कर्मचारीको चहल पहल बढेसँगै रोकिएका कामले तीव्रता पाउन थालेका छन्। रोकिएका काम पूरा गर्न शनिवार समेत कर्मचारीले काम गर्न थालेको अर्थका एक अधिकारी बताउँछन् ।

प्रधानमन्त्री कार्यालयले नीति तथा कार्यक्रमको विषयमा पत्रै लेखेर सोधेपछि अर्थ मन्त्रालय काममा थप सक्रिय भएको हो। यति बेला अर्थका सबै महाशाखाले कामलाई तीव्रता दिएका छन् । बजेट महाशाखा र अन्तर्राष्ट्रिय महाशाखा अरू भन्दा तुलनात्मक रूपमा बढी सक्रिय देखिएका छन् । यति बेला अर्थले पेहेंलो किताब बनाउन तीव्रता दिएको छ भने नीति तथा कार्यक्रम रूपरेखा तयारीमा मन्त्रालयका कर्मचारी व्यस्त छन् । अर्थ मन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक संस्थानको कार्यसम्पादन स्थितिको समीक्षा पहेँलो किताब मार्फत सार्वजनिक गर्दै आएको छ ।यसमा सार्वजनिक संस्थानको संत्र्चालन स्थिति,वित्तीय एवम् व्यवस्थापकीय पक्षको विश्लेषण, स्थान सत्र्चालनमा देखिएका चुनौती र अवसरहरू समेटिन्छन् ।

यस्तै नेपाल सरकारले बजेट ल्याउनु पूर्व नीति तथा कार्यक्रम ल्याउने गर्छ । सोही नीति तथा कार्यक्रमलाई टेकेर बजेट आउँछ । जसलाई बनाउने जिम्मेवारी अर्थ मन्त्रालयको हुन्छ । सोही  विषयमा प्रधानमन्त्री कार्यालयले चासो बढाएपछि उसले कामलाई तीव्रता दिएको हो ।

यता बजेट महाशाखाले समेत बजेट विषयमा छलफल हरू सुरु गरेको छ ।जस्तो सुकै परिस्थिति आए पनि आगामी आर्थिक वर्षको बजेट तोकिएकै मितिमा आउने अर्थ मन्त्रालयले जनाएको छ। कोरोनाको विषय र बजेटको तयारी एकै पटक परेकोले मन्त्रालयलाई दबाब परेको हो । उसले कोरोनाका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रभाव सँगै आन्तरिक प्रभाव,यसबाट हुन सक्ने क्षति,दिन सकिने राहतका विषयलाई अध्ययन गरिरहेको छ ।

अर्थ मन्त्रालयले भने कोरोनाका कारण समूहगत छलफल गर्न नसकिए पनि आ आफ्नो तर्फबाट गर्नु पर्ने तयारीमा कुनै कसर बाँकी नरहेको जनाएको छ। जसका लागि राष्ट्रिय योजना आयोगदेखि सम्बन्धित मन्त्रालयले काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण अलि कम भएपछि समूहगत छलफल समेत सुरु हुने मन्त्रालयको भनाई छ ।

बजेट तयार गर्दा परिचालित हुने सबै सिस्टम एक्टिभ रहेको मन्त्रालयको दाबी छ ।जसमा  इन्ट्रिगेजमेन्ट फाइनान्सियल म्यानेजमेन्ट सिस्टम (एलएमबिआइएस)ले द्रुत गतिमा काम गरिरहेको मन्त्रालयको भनाइ छ। बजेट निर्माण प्रक्रियामा गरिएका सुधारका प्रयासहरूले यस्तो अवस्थामा बढी काम गरेका छन् । तिनका औचित्य यति बेला प्रस्टिएको छ। बजेट निर्माणमा मिडियम ट्रम एक्पेन्डिचर ( एमटिइएफ) लागू गरिएको छ। कम्प्युटरमा आधारित सूचना प्रणाली समेत बजेटमा प्रयोग हुन्छ । जसमा यति बेला अर्थ मन्त्रालयले बिएमआइएस,फाइनान्सियल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एफएमआइएस) र लाइन मिनिष्ट्रि बजेट इन्फरमेसन सिस्टम (एलएएमबिआइएस) प्रयोगमा ल्याइएको छ ।जसले बजेट बनाउन सहयोग गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए ।इन्ट्रगेटेड फाइन्सियल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमले यति बेला नै सबैभन्दा राम्रो काम गरिरहेको छ ।

बजेट आउनु पूर्व सबैभन्दा पहिले नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्ने तयारी अर्थ मन्त्रालयले गर्दै छ। त्यसपछि बजेटका सिद्धान्त आउने छ । सँगै आर्थिक सर्वेक्षण गरेपछि बजेट लेखनलाई अन्तिम रूप दिइन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।