लकडाउनको समयमा शेयर सम्बन्धी घरमै बसेर गर्न सकिने काम

Apr 06, 2020 06:10 PM merolagani

देब गुरागाई

शेयर बजारमा गत चैत्र १० गतेबाट कारोवार स्थगित भएको छ । लकडाउन भएको बेला घरमै वसी वसी कतिपय शेयर सम्बन्धी कामहरू गर्न सकिन्छ ।

मुख्यतः बजार खुलेको बेला शेयर किन्ने र बेच्ने काम हुन्छ तर शेयर किन्ने र बेच्ने निर्णय लिनु भन्दा पहिले आवश्यक पर्ने डाटा, सुचना, ट्रिक्स, जानकारी जस्ता पर्दा पछाडिका कामहरू अहिलेको अवस्थामा घरमा बसी बसी गर्न सकिन्छ । त्यस्ता डाटा, सुचना, ट्रिक्स, जानकारी कहाँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा धेरै महत्वपुर्ण हुन्छ । हो, यो महत्वपुर्ण कुरा अध्ययन तथा बिश्लेषण गर्ने तरिकाबाट मात्र प्राप्त हुन्छ ।

शेयर किन्ने कि बेच्ने त? किन्ने भए कति समयका लागि किन्ने? के उद्धेश्यले किन्ने? बेच्ने भए किन बेच्ने त? भन्ने कुराले तपाईको शेयर कारोवार ब्यवहारलाई झल्काउंछ । कारोवार ब्यवहारले तपाई कस्तो लगानीकर्ता हो भन्ने कुरा दर्शाउंछ । लामो समयको लागि किन्ने हो भने लगानी गर्दै हुनुहुन्छ भन्ने बुझाउंछ । छोटो समयको लागि किन्न हो भने ब्यापार (ट्रेड) गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ । तपाईलाई लाग्न सक्दछ कि, एकै ब्यक्तिले दुबै गर्न सक्दैन र? अवश्य पनि सक्दछ, तर यी दुबै कुराको लागि आवश्यक पर्ने बिश्लेषणको तरिका फरक फरक हुन सक्दछ । ट्रेड नगरी लगानी मात्र गर्नु भयो भने त एकदिन गोजीको पैसा सकिन्छ नि । त्यसैले दुबैको सन्तुलन मिलाएर गर्नुपर्दछ ।

बिशेषतः अलि बढी चलाख ब्यक्ति (शेयर खेलाडी) ले ट्रेड गर्दछन् किनकी उनीहरू यति चलाख हुन्छन कि बजार ट्रेन्ड कस्तो चलिरहेको छ, अर्थतन्त्र र शेयर बजार चक्र कतातिर, कस्तो अवस्थामा छ भन्ने कुरा सहजै अनुमान लगाउन सक्दछन्। उनीहरू शेयरको ट्रेन्ड एनालाईसिसलाई अलि बढी ध्यान दिन्छन् र सोही अनुरूप शेयर ट्रेड गर्दछन् । लगानीबाट प्राप्त प्रतिफलमा ब्याज खर्च घटाउदा जे खुद मुनाफा आउछ त्यो भन्दा बढी ट्रेड गरेरै कमाउँछन् । अनि किन बेहोर्नु कर्जाको झंझट? उनीहरूलाई बोनस, हकप्रद र लभांशसँग त्यति धेरै मतलब हुदैन । ट्रेड उच्च जोखिम पनि छ र उच्च फाइदा पनि छ । धेरै जोखिम ब्यहोर्ने हिम्मत भएकाहरूले ठूलो संख्यामा शेयर ट्रेड गर्दछन् र धेरै फाईदा पनि लिन्छन । तर उच्च जोखिम उठाउन नसक्ने अलि कम जानकारी भएका ब्यक्ति नवप्रवेशीहरूले लगानी गर्दछन् । बजार ट्रेन्ड कस्तो चलिरहेको छ? समय र शेयर बजार चक्र कतातिर, कस्तो अवस्थामा छ? भन्ने कुराको उनीहरूलाई त्यति थाहा हुदैन र मतलव पनि गर्दैनन् । उनीहरू त केवल बोनस, हकप्रद, लाभांश जस्ता मुनाफामा अलि बढी ध्यान दिन्छन र मुनाफा सुनिश्चत गर्दै शेयर संख्या बढाउदै लैजान्छन् । असाध्यै जरूरी परे मात्र शेयर बिक्री गर्दछन् । अब आफुले आफैलाई प्रश्न गर्नुस् त तपाई के हो, लगानीकर्ता वा ट्रेडर? तपाई जे भए पनि शेयर बजारमा चाहिने त्यस्ता केही उपायहरू जुन फुर्सदको समयमा घरमै बसेर गर्न सकिन्छ, निम्नानुसार छन्

क) आफै डाटाबेस तयार गर्नेः

शेयर कारोवारमा डाटा र सुचना सवैभन्दा मुख्य हतियार हो । अहिले फुर्सदको समयमा यो काम गर्नुस कि पछि जीवनभर सजिलो हुनेछ । तपाईलाई चाहिने शेयर सम्बन्धी, बैंक सम्बन्धी र अन्य पोर्टलहरूको लगइन इन्फरमेसनहरू सम्झेर साध्य लाग्दैन । डाइरी वा मोवाईलको कन्ट्याक वा नोटमा राख्ने गर्नुभएको भए त्यो सुरक्षित हुदैन । मोवाइल बिग्रियो भने, फर्म्याट गर्नुपर्दा वा हरायो भने अथवा डायरी हरायो भने डाटा वा इन्फरमेसन पनि हराउछ । त्यस्तैगरी तपाई र परिवारको सदस्यको नाममा भएका शेयरहरू छुट्टाछुट्टै डिम्याट खातामा हुन्छन ।

मानौं नेपाल बैंकको शेयर तपाईको खातामा ९७९ कित्ता छ, श्रीमतीको खातामा १३९ कित्ता छ, छोरीको नाममा ४६१ कित्ता छ, छोराको नाममा ७०१ कित्ता छ, आमाको नाममा २३१ कित्ता छ, बुबाको नाममा २०९ कित्ता छ, साला साली, सासु ससुराको नाममा किन्नु भएको छ त्यो सवै तपाईकै लगानी हो । अव तपाईलाई नेपाल बैकको शेयर कति रहेछ भनेर थाहा पाउनु प¥यो भने फ्याट्ट भन्न सक्नु हुदैन किनभने यो धेरैको नाममा छरिएर रहेको छ । सवैको एक एक गरी डिम्याट खाता हेरेर जोडेर पत्ता लगाउन धेरै समय लाग्छ, झन्झट पनि छ । सवैेको डिम्याट खाताको स्टेटमेन्ट लिन जान भन्ने बित्तिकै फुर्सद पनि हुदैन । फुर्सद निकालेर गयो कहिलेकाहीं सिष्टम डाउन भएर कामै बन्दैन र हैरान भईन्छ । अनलाइनमार्फत मेरोशेयरबाट हेर्न खोज्यो लगईनको पासवर्ड बिर्सिएर हैरान कि त खाता रिन्यू गर्न भुलेर लगइन नै हुदैन । कहिलेकाहीं सिडिएससीको सिष्टममै गडबड भएर पेज नै खुल्दैन ।

यस्ता अनेकन झन्झटबाट मुक्त हुन सजिलो उपाय सित्तैमा आफै डाटावेस आफै तयार गर्नुस् । जसको लागि कम्युटरमा एउटा एक्सल फाइल बनाउनुस् । यदि तपाईलाई एक्सल चलाउन आउदैन भने घरमा छोरा, छोरी, नाति, नातिना वा कोही कम्प्युटर जानेकालाई एकपटकको लागि सहयोग माग्नुस् । गुगल वा युट्युवमा यस्तो कोर्ष सित्तैमा सिक्न पाईन्छ । त्यहाँबाट सिक्नुस । निम्नानुसार ढाँचाको एक्सल फाईल बनाउनुस् । एक्सल सिटको रो र कोलमहरू आवश्यकता अनुसार थप घट गर्न सक्नु हुनेछ । सवै डिम्याट खाताको स्टेटमेन्ट संकलन गरेर एकपटक डाटा इन्ट्री गर्नुहाेस् । मेरोशेयर लगईनबाट स्टेटमेन्ट एक्सलमा एक्सपोर्ट गरेर त्यो डाटा यहाँ इम्पोर्ट गर्न पनि सकिन्छ । 

नमूना डाटा यस्ताे बनाउन सकिन्छ

 

आवश्यकता अनुसारको नाम दिएर बिभिन्न सिटहरू थप गर्दै लान पनि सकिन्छ । त्यसपछि यो एक्सल फाईललाई जिमेल लगईन गरी गुगल ड्राईभमा एड गर्नुहाेस । अव तपाइको पूर्णरूपमा डाटावेस तयार भयो । त्यसपछि यो फाईललाई मोवाइलबाटै सजिलैसँग हेर्न डाटा अपडेट गर्न सकिन्छ । अव यसबाट चाहिएको बेला आफ्नो जम्मा पोर्टफोलियो कति छ, कस्तो अवस्थामा छ, कुन कुन कम्पनीमा कति नाफा वा नोक्सान छ, कुन कुन कम्पनीले कति बोनस, हकप्रद शेयर दिए दिएनन् आदि कुरा एकै ठाँउमा रेकर्ड राखी हेर्न सकिन्छ । कुनै ठाँउमा थप कुरा कमेन्टमा राख्न पनि सकिन्छ । यहि डाटाबेसको आधारमा कुन शेयर किन्ने, राख्ने र बेच्ने भन्ने कुराको निर्णय गर्न सजिलो हुन्छ ।

अझ नोट सिटमा आफुलाई चाहिने सुचना, समाचार, पत्रपत्रिकाका बेवसाईड, श्रोत समाग्रीका लिङ्कहरू राख्न सकिन्छ र चाहिएको वेला तुरून्त हेर्न, बुझ्न सजिलो हुन्छ । यसरी अपडेट गरिएको डाटा अनलाईन मार्फत अटोमेटिक सेभ हुने भएकोले झ्याप्प कम्प्युटर बन्द हुँदा डाटा उड्ने डर पनि हुदैन । अर्को राम्रो पक्ष के छ भने अफलाईनमा फाईल खोल्न प¥यो भने पहिलो एकपटक यो फाईल खोलेर एक्सल सिटको माथि दाँया कर्नरमा रहेको अप्सनमा गई (अभाइएवल अफलाइन) बटम लाई अन गर्नु पर्दछ । अव तपाईले इन्टरनेट नभए पनि त्यो फाईल खोलेर हेर्न सक्नुहुन्छ र जुनसुकै ठाँउमा पनि चाहेको बेला डाटा उपयोग गर्न र अपडेट गर्न सक्नुहुन्छ । अफलाईन सच्याईएको डाटा तपाईको डिभाईस अनलाईन हुने बित्तिकै स्वत गुगलड्राइभमा अपडेट भईहाल्छ । यस्तो डाटाबेस बनाउदा हुने फाईदाहरू निम्नानुसार छन्ः

  •  आफ्नो डाटा वा सुचना आफ्नौ नियन्त्रणमा हुन्छ र चाहिएको बेला कसैको सहयोगको जरूरी पर्देन ।
  •  जे, जति सुचना, नोट, टिपोट, छन सवै त्यही फाईलमा थप सिट बनाएर राख्न सकिने हुँदा दिमागलाई बोझ पनि भएन ।
  •  डिम्याट खाता, बैंक खाता, व्रोकर आइडि को नम्वरहरू तथा मेरोशेयर, ई–बैकिङ्ग, मोवाईल बैकिङ्गको लगईन, ट्रान्जेक्सन कोड आदि बिर्सिएर वारम्वार रिसेट गर्ने झन्झटबाट मुक्त हुन्छ । 
  •  इन्टरनेट विना पनि चाहिएको बेला डाटा हेर्न, अपडेट गर्न सकिन्छ । मोवाइल, ट्यावलेट, ल्यापटप बिर्सिए पनि कम्प्युटर र ईन्टरनेट भएको ठाँउमा जिमेल लगइन गरेर तुरून्त डाटाबेस हेर्न सकिन्छ । 
  •  समय र पैसाको बचत हुन्छ । यदि तपाईलाई ज्ञान छ भने बिभिन्न फर्मुला प्रयोग गरि डाटाबेसलाई अट्टोमेसन समेत गर्न सकिन्छ । यसले तपाईलाई स्मार्ट लगानीकर्ता बनाउछ ।
  •  ग्याजेट्स हराए, बिग्रिए वा परिवर्तन भए पनि जीमेल आइडीमार्फत लगईन गरी नयाँ डिभाईसमा तुरून्त आफ्नो डाटाबेस पाउन सकिन्छ । त्यसैले यो डाटा कहिले पनि हराउदैन तपाईले अरूलाई शेयर नगरेसम्म गुगलले डाटाको गोपनियता कायम राख्ने हुनाले डाटा धेरै सुरक्षित र बिश्वसनीय पनि हुन्छ ।

ख) बोनस तथा हकप्रद शेयरको हिसाबः 

यो फुर्सदको सयमा आफुले लगानी गरिएको शेयरको नगद लाभांश बैक खातामा तथा बोनश शेयर डिम्याट खातामा आयो कि आएन भनेर रूजु गर्न सकिन्छ । धितोबन्धकमा भएका शेयरहरूको बोनश शेयर तथा लाभांश खातामा आएको हुदैन त्यो ल्याउनको लागि धितोबन्दक राखिएको बित्तीय संस्थाबाट लिने पत्रहरूको सूचि तयार गर्न सकिन्छ । हकप्रद शेयर डिम्याट खातामा आए नआएको रूजु गर्नु सकिन्छ र नआएको भए के कति कारणले नआएको हो पत्ता लगाई त्यसको नोट तयार गरि जानकार साथी भाईहरूसँग डिजिटल माध्यम वा सामाजिक संजालका ग्रुपबाट बुझ्न पनि सकिन्छ नत्र भने लकडाउन खुल्नासाथ सम्बन्धित मर्चेन्ट बैंकलाई सोध्न सकिन्छ । उपरोक्त डाटाबेसमा यो सवै कुराको रेकर्ड राख्न सकिन्छ ।

ग) खरिद वा बिक्रीको सूची तयार गर्ने

नयाँ शेयरमा लगानी गर्ने अथवा भएकै शेयरमा लगानी थप गर्ने भए कुन, कुन कम्पनीको शेयर कति कति खंख्यामा खरिद गर्ने हो त्यसको सूचि यो बेला तयार गर्न सकिन्छ । त्यसैगरी आफुसँग भएका शेयरहरूलाई छाँटकाँट गरी सेलेक्टेड कम्पनीको शेयर मात्र राख्ने र बाँकी बेच्ने भए बिक्रीको लागि सुचि तयार गर्न सकिन्छ । सूचिमा भएका शेयर बेच्न वा किन्न उपर्युक्तताका बिषयमा जानकार साथी भाईहरूसँग भर्चुअल्ली छलफल गर्न सकिन्छ वा ति कम्पनीका बारेमा बजारमा के कस्तो फिडब्याक छ त्यो बुझ्न सकिन्छ । शेयरबजार खुल्ने बित्तिकै तयार गरिएको सुचि अनुसार किन्ने र बेच्ने निर्णय लिन सजिलो हुन्छ । कति जनासँग थोरै थोरै कित्ता शेयर छरिपष्ट धेरैजनाको नाममा हुन सक्दछ । त्यस्तो भए कम संभावना भएका शेयर बिक्री गरी बढि सम्भावना भएका शेयर मात्र राख्न सकिन्छ । यस्तो सुचि पनि माथि भनिएको डाटाबेसमा सिटको कैफियत महलमा वाई, सेल, होल्ड लेखि छुट्याउन सकिन्छ । 

घ) पोर्टफोलियो योजनाः

शेयरको पोर्टफोलियो सकेसम्म आफै ब्यवस्थापन गर्नु राम्रो हुन्छ । माथि भनिएको डाटाबेस तयार गरियो भने पोर्टफोलियो ब्यवस्थापन सजिलै आफै गर्न सकिन्छ । यदि जानिदैन, भ्याईदैन, सकिदैन भने मात्र अरूलाई ब्यवस्थापन गर्न दिनु उचित हुन्छ । अहिलेको समयमा आफ्नो शेयर पोर्टफोलियो रिभ्यु गर्न सकिन्छ । रिभ्यु गर्दाका आधारहरू अ) बलियो, ठिकै र कमजोर शेयर आ) थप्ने वा घटाउने इ) लगानी वा ट्रेड गर्ने ।

यी आधारमा शेयर छुट्याईसकेपछि माथि भनिए अनुसारको खरिद वा बिक्री सूचि तयार गर्न सकिन्छ । यो पोर्टफोलियो योजना गर्ने काम पनि माथि भनिएको आफ्नै डाटावेसमा अपडेट गरि सजिलैसँग गर्न सकिन्छ । 

निष्कर्षः

जमना कहाँबाट कहाँ पुगि सक्यो तर हामी अझै पनि डटपेन र डायरी बोकेर, ब्रोकर र मर्चेन्ट बैकरकोमा धाएर म बडो ठूलो शेयर लगानीकर्ता हुँ भन्दै फुई लगाइरह्याे भने अबको नयाँ पुस्ताले निकै छोटो समयमा हामीलाई उछिन्नेछन् । नयाँ प्रबिधि र पद्धति अनुरूप आफुलाई रुपान्तरण हुन सकिएन भने शेयर बजारमा पैसा र समयको बर्वादी मात्र हुनेछ । वारेन बफेट शेयरका बादशाह त्यसै भएका हैनन् । समयमै नयाँ प्रविधि र पद्धती अनुरूप आफुलाई रूपान्तरण गर्दै लगे र अहिले उनलाई अरू कसैले जित्न सकेका पनि छैनन् । यो फुर्सदको समयमा यति गर्न सकियो भने जीवनभर ठूलो काम गरेको महशुस हुनेछ र पछि शेयर कारोवार स्मार्ट तरिकाले छिटो, छरितो, सजिलैसँग गर्न सकिन्छ । धेरै कमाउन आर्जन गर्न सकिन्छ ।

(लेखककाे इमेल devmorang@gmail.com)

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।