हरेक एक सय वर्षमा किन हुन्छ महामारीको आक्रमण ?

Apr 09, 2020 12:11 PM Merolagani



कयौँ देशमा पटक–पटक महामारीको आक्रमण हुने गर्दछ । जसले पूरै विश्वलाई नै प्रभावित पारिरहेको हुन्छ । हालसम्म महामारीका कारण हजारौँ मानिसहरुको ज्यान गइसकेको छ । 

सन् १७२०, फेरि १८२०, त्यसपछि १९२० र अब २०२० । यो एउटा संयोग हो वा केही अरु नै तर विगत ४ सय वर्षमा हरेक एकसय वर्षपछि एउटा यस्तो महामारी आएको छ, जसले पूरै विश्वमा नै तहल्का मच्चाएको छ । हरेक एकसय वर्षमा आउने यस्तो प्रकारको महामारीले विश्वको कुनै पनि कुनालाई बाँकी छोडेको छैन । करोडौँ मानिसहरुको ज्यान लिनुका साथै यसले कयौँ मानव बस्तीको नामो निशान मेटाइदिएको छ ।

विश्वमा हरेक एकसय वर्षमा महामारीको हमला भएको छ । सन् १७२० मा विश्वभर द ग्रेट प्लेग अफ मार्सेल फैलिएको थियो । जसमा एक लाख मानिसहरुको मृत्यु भएको थियो । त्यसको एकसय वर्षपछि सन् १८२० मा एशियाली देशमा हैजा फैलियो । त्यसमा पनि एक लाख भन्दा धेरै मानिसहरुले ज्यान गुमाउन पुगे ।

यसैगरी सन् १९१८–१९२० मा विश्वले स्पेनिश फ्लूको त्रासको सामना गर्नुपर्याे । यस बिमारीले उक्त समयमा करिब ५ करोड मानिसहरुको मृत्यु भएको थियो । अब फेरि त्यसको ठीक एकसय वर्षपछि सन् २०२० मा विश्वभर कोरोना भाइरसको त्रास जारी रहेको छ । जसका कारण पूरै विश्वभर लकडाउन लागू रहेको छ ।

इतिहासका बाँकी बिमारीहरु जस्तै समयमै कोरोनाको पनि कुनै भ्याक्सिन पत्ता लगाउन सकिरहेको छैन । भाइरसबाट विश्वभर हालसम्म १५ लाखभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् भने ८८ हजारभन्दा धेरै मानिसहको मृत्यु भइसकेको छ ।

हरेक शताब्दीमा आउने महामारीको कहानी के हो? किन हरेक एकसय वर्षमा नै मानवीय सभ्यतामाथि हमला हुन्छ? किन सबै कुरन भएर पनि मानिसहरु यस महामारीका सामुन्ने बेबस हुन पुग्छ? कसैले पनि हालसम्म यो कुराको बारेमा बुझ्न सकिरहेका छैनन् ।

बिगत ४ शताब्दीमा हरेक एकसय वर्षमा अलग–अलग महामारीले विश्वभर हमला गरेको छ र यसैका कारण हरेक पटक लाखौँ मानिसरुको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।