कुमारी र देवःले गाभ्ने तथा गाभिने सम्झौतालाई अन्तिम रुप दिन एकैदिन बोलाए साधारणसभा

May 11, 2020 02:10 PM Merolagani



कुमारी बैंक र देवः विकास बैंकले एक आपसमा गाभ्ने तथा गाभिने सम्झौतालाई अन्तिम रुप दिन साधारणसभा आह्वान गरेका छन्। दुबै कम्पनीले जेठ १९ गते एकैदिन साधारणसभा आह्वान गरेका हुन्। 

कुमारीले आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ भने देवःले केन्द्रीय कार्यालय लालदरबार, काठमाडौंमा बिहान ११ बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ।

कुमारीले प्राप्ति प्रयोजनका लागि आवश्यक सम्झौता अनुसारको स्वाप रेशियो पारित गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन आएमा वा देव:लाई प्राप्ति गर्न गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ।

कुमारीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ।

त्यसैगरी, देवः विकास बैंकले साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजान भएको छ।

त्यस्तै, कुमारी बैंकसँग गाभिने सम्बन्धमा भएको अन्तिम सम्झौतालाई पारित गर्ने र गाभ्ने गाभिने सम्बन्धमा गर्नुपर्ने सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रताव लैजाने भएको छ।

बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। कुमारी बैंकसँग गाभिने सम्झौता गरेपश्चात देव:को दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ।

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।