चीनले सगरमाथा शिखर पुनः मापन गर्दै

May 14, 2020 06:29 AM Merolagani



चीनले चाेमोलांग्मा अर्थात सगरमाथा शिखर पुनः मापन गर्ने भएको छ । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाइ नाप्न थालेको हो । चिनियाँ भाषामा सगरमाथालाई  चाेमोलांग्मा भनिन्छ ।चीनको एक संचारमाध्यम सिन्ह्वाले विश्वको सर्वोच्च शिखर कोमोलांग्माको चीनले उंचाई पुनःमापन गरिरहेको उल्लेख गरेको छ ।

एक सडक निर्माण समुहले  चाेमोलांग्मा शिखरको मार्गमा काम गर्न सुरु गर्ने भएको छ । मौसमले साथ दिएमा उक्त समुहले मे १२ देखि निर्माण कार्य सुरु गर्ने भएको हो ।

चीनले कोमोलांग्मा शिखरको उंचाई मापनकालागि अप्रिल ३० गते देखि सुरुवात गरेको छ ।उक्त मापन टोलीमा प्राकृतिक संसाधन मन्त्रालय र राष्ट्रिय पर्वतारोहण टोली रहेका छन् ।यो टोलीले ग्लोबल नेविगेसन उपग्रह प्रणाली र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्री सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने भएको हो । यो टिम अप्रिलको सुरुवातमै आधारशिविर पुगेर सगरमाथा आरोहण र उच्च उचाइका क्षेत्रमा कसरी सर्वेक्षण गर्ने भन्ने सिकेका थिए ।

सगरमाथाको उचाइका विषयमा बारम्बार प्रश्न उठिरहेको हुन्छ । सगरमाथामा हिउँ कम हुनाले उचाइ कम हुने भन्दै नेपालले पनि हाल सर्वेक्षण गर्दैछ ।

चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । १९७५ मा सगरमाथाको उचाइ आठ हजार ८४८.१३ मिटर र २००५ मा आठ हजार ८४४.४३ मिटर पाइएको थियो ।

केहि दिन अघि चीनको एक संचार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्कले मे २ मा ट्वीटरमा एक फोटो सार्वजनिक गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने जनाएको थियो । सामाजिक संजालमा चर्को विरोध भएपछि उक्त च्यानलले सो ट्वीट सच्चाएको थियो । यद्यपी सच्चाएको ट्वीटमा कोमोलांगमा विश्वकै सर्वोच्च शिखर हो जुन चीनको तिब्ब्त स्वायत्त क्षेत्रमा पर्दछ भनिएको थियो । यो पुर्ण सत्य नभएको भन्दै सामाजिक संजालमा विरोध भइरहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।