अझै लगानीकर्ता नगद कारोबारमै रमाउँदै, १० प्रतिशत मात्रै शेयर धितोमा

May 18, 2020 03:49 PM Merolagani

सुवास निरौला

लगानीकर्ताले शेयरको सदुपयोग नगर्दा अमूल्य शेयरको अवमूल्यन हुँदै आएको छ। दोस्रो बजारमा शेयर कारोबार पनि नगर्ने र सम्पत्तिको रूपमा समेत प्रयोग नगर्दा बहुमूल्य शेयरको अवमूल्यन भएको हो। दोस्रो बजारमा सूचीकृत ९३ प्रतिशत शेयर कारोबारमै आउँदैनन् भने सर्वसाधारणले गर्जो टार्न ९० प्रतिशत शेयरको प्रयोग समेत गर्दैनन्।

नेपाल स्टक एक्सचेन्जले करिब तीनदेखि १३ प्रतिशतसम्म शेयर दोस्रो बजारमा कारोबारमा आउने जनाएको छ। यता सर्वसाधारणले गर्जो टार्न १० प्रतिशत मात्रै शेयर धितो राखेर कर्जा चलाएका छन्।

सर्वसाधारणले आफूसित भएको शेयरकाे वास्तविक क्रय शक्ति थाह नपाएकै कारण उनीहरूले अन्य विकल्पहरू प्रयोग गरिरहेका छन्। शेयरको सदुपयोग गर्ने भन्दा नगद कारोबार र अन्य सम्पति नै मूल सम्पत्तिको रूपमा प्रयोग गर्दै धितोमा राखेर काम चलाउँदै आएका छन्। यता धितोपत्र बजारमा ऋण लिएर शेयर कारोबार गर्ने भन्दा नगद कारोबार गर्ने बढी देखिएका छन्। केन्द्रीय निक्षेप प्रणालीले दिएको तथ्याङ्क अनुसार यस्तो देखिएको हो।

धितोपत्र बजारमा सूचीकृत कम्पनीका १० प्रतिशत शेयर धितोमा रहेको छन्। सिडिएससिका अनुसार उक्त शेयर विभिन्न बैकहरूमा धितोमा रहेका हुन्। गत वैशाख मसान्तसम्म पाँच अर्ब २४ करोड ६७ लाख ८३ हजार तीन सय ७७ कित्ता शेयर सूचीकृत छन्। जसमा ४९ करोड ७६ लाख ५२ हजार नौ सय ४९ कित्ता शेयर धितोमा रहेका छन्। यो कुल शेयर कित्ताको ९.४८ प्रतिशत हो। जसमा संस्थापक र सर्वसाधारण दुवै शेयरको गणना गरिएको छ। 

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले शेयर धितो कर्जालाई भन्दा नगद कारोबार लाइनै बढी प्राथमिकता दिने गरेको यो तथ्याङ्कले प्रस्ट्याएको छ। जबकि बजारमा ऋण लिएर शेयर कारोबार गर्ने बढी रहेको अनुमान गरिँदै आएको छ। तर अझै पनि धेरै लगानीकर्ताले शेयर कर्जा नै लिने गरेको दाबी गरिँदै आएको छ। ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन हुने भएकोले त्यसको १० प्रतिशत भनेको निकै ठूलो परिणाम हुने उनीहरूको भनाइ छ। तर उनीहरूकै भनाइलाई आधार मान्दा करिब ६९ प्रतिशत शेयर धितोमा रहेको देखिन्छ। कुल पाँच अर्ब २४ करोड ६७ लाख ८३ हजार तीन सय ७७ कित्ता शेयर सूचीकृत छन्। जसको ३० प्रतिशत भनेको एक अर्ब ५७ करोड ४० लाख ३५ हजार १३ कित्ता हुन आउँछ। जसमा ४९ करोड ७६ लाख ५२ हजार नौ सय ४९ कित्ता शेयर धितोमा रहेको शेयरको गणना गर्दा ६८.३८ प्रतिशत शेयर धितोमा देखिन्छ।

लगानीकर्ताले यही हिसाबको आधारमा ऋण लिएर कारोबार गर्ने बढी भएको दाबी गर्दै आएका छन्। तर यसलाई आधिकारिक मान्न नसकिने केन्द्रीय निक्षेप प्रणालीको भनाइ छ। किनकि दुवै किसिमका शेयर दोस्रो बजारमा कारोबार योग्य छन्। सबै किसिमका शेयर धितोमा राख्न सकिन्छ। सबै किसिमका शेयर धितोमा समेत रहेका छन्। सबै किसिमका शेयर कारोबार समेत हुने भएपछि सर्वसाधारणको शेयर मात्रै छुट्ट्याउन नहुने सिडिएससिको भनाइ हो। 

तर अझै पनि लगानीकर्ताले शेयरलाई मूल सम्पत्तिको रूपमा लिएको देखिँदैन। जबकि शेयर धनीले शेयर धितो राखेर कर्जा लिँदा वार्षिक प्रतिफल लाइनै व्याजको रूपमा तिर्न सक्ने सुविधा दिने गरेका छन्। अर्थात् कुनै कम्पनीको शेयर धितो राखेर एक लाख रुपैयाँ ऋण लिएको छ। ऋणीले त्यसको अधिकतम वार्षिक व्याज १४ प्रतिशत तिर्नु पर्ला। तर धितो राखिएको शेयरको वार्षिक लाभांश १४ प्रतिशत बढी आए त्यही लाभांशलाई व्याजको रूपमा बैंकले लिने र अन्य बाँकी रहेकाे पैसालाई जम्मा गरिदिने व्यवस्था बैंकहरूले गरेका छन्। जसले गर्दा ऋणीले राम्रो कम्पनीको शेयर राखेको भए उसले वार्षिक व्याज समेत तिर्नु पर्दैन। सर्वसाधारणले अझै उनीहरूसित भएको शेयरलाई चलायमान बनाउन सकेका छैनन्। 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।