भन्सार नाका व्यवस्थित गर्ने निकाय मात्र नभएर वैदेशिक व्यापारको मियो रहेकाे प्रत्यक्ष अनुभूत गरें

May 19, 2020 11:59 AM Merolagani

सरकार बजेटकाे तयारीमा रहेकाे छ । तर, बजेटकाे मुख्य श्राेत रहेकाे भन्सारबाट उठ्ने राजश्वकाे अवस्था अत्यासलाग्दाे छ । लकडाउनकाे समयमा राजश्व लक्ष्यकाे करीब एक चाैथाई मात्र  संकलन भएकाे छ । लकडाउनकाे समयमा अत्यावश्यक सेवाकाे रूपमा भन्सार प्रशासनले कसरी काम गररहेकाे छ? 

कस्ता सामानहरूलाई प्राथमिकता राखेर क्लियरिङ गरिरहेकाे छ? जाँचपास गरिएका सामानहरूमा स्वास्थ्य सुरक्षा सतर्कता कसरी कायम गरिएकाे छ? बैदेशिक व्यापारकाे अवस्था के छ? यिनै बिषयमा मेराे लगानी डटकमका सम्पादक राजेन्द्र खनालले भन्सार बिभागका महानिर्देशक सुमन दाहालसँग कुराकानी गरेका छन् ।

 लकडाउनमा समयमा कसरी कार्यालयमा काम गरिरहनु भएकाे छ ?

• भन्सार प्रशासन भनेको स्वास्थ्य सेवा र सुरक्षा सेवा जस्तै अत्यावश्यक सेवा हो । जसरी स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु खटिरहनु भएको छ त्यसैगरी भन्सारकर्मीहरु पनि खटिइरहेका छौं । विश्वास गर्नु नगर्नु तपाईको कुरा हो, तर म लकडाउन सुरु भएका दिन देखि आजसम्म पनि विदाका दिनमा समेत कार्यालय आएको छु ।  हामी अहिले वैदेशिक व्यापारलाई नियमित गर्ने देखि लिएर आर्थिक ऐनको खाका तयार गर्ने सम्मका काममा व्यस्त छौं ।

अत्यावश्यक सेवाका रुपमा रहेको भन्सार प्रशासन कसरी चलिरहेको छ त? वैदेशिक व्यापारको अवस्था कस्तो छ, दुवै विषयलाई जोडेर भनिदिनु न ?

• लकडाउन सुरु भएपछि पनि अरु लगभग सबै कार्यालयहरु वन्द भए तर भन्सार कार्यालयहरु पूर्ववतरुपमै नियमित र समयमै सञ्चालन भइरहेका छन । सवैखाले मालवस्तुहरु आयात निर्यात भइरहेको छ । तत्कालका लागि आवश्यक नपर्ने ठुलाठुला मिलमेशीनरीहरु कम आयात भएको अवस्था छ । त्यसैगरी उच्च राजश्व तिर्ने कार, जीप, भ्यान लगायतका मालवस्तुहरुको आयात नभएका कारण राजश्व संकलनमा भने ज्यादै नै गिरावट आएको छ ।

• तथ्यांक हेरेर भन्नुपर्दा, कोरोनाको महामारीमा पनि अत्यावश्यक हुने तयारी ‍औषधि करिव ३ अर्व मुल्यको र औषधिको कच्चापदार्थ ६० करोड मुल्यको आयात भएको छ । खपत कम भएतापनि ग्याँस ५७ हजार मे.ट., डिजेल ८६ हजार कि.लि., पेट्रोल ४८ हजार कि.लि. आयात भएका छन् । त्यसैगरी उपभोक्ताहरुका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरु मध्ये खाद्यान्न 1 लाख ८१ हजार मे.ट., तरकारी ६८ हजार मे.ट., गेडागुडी/दलहन ५० हजार मे.ट., फलफुल २५ हजार मे.ट. आयात भएको अवस्था छ।

• अन्य सामान्य अवस्थामा दैनिक १०००/१२०० हुने गरेकोमा लकडाउन अवधिमा दैनिक ४००/५००  को हाराहारीमा आयात प्रज्ञापन पत्रहरु घोषणा भइरहेको छ। ३०/४० वटा निर्यातका लागि घोषणा हुने गरेको अवस्था छ।

राजश्व संकलनका लागि त कोरोनाले ज्यादै असर गर्यो होला हैन? कति जति असर गर्यो, कुनै आँकलन गर्नुभएको छ?
• लकडाउन शुरु भएपछि राजश्व संकलनमा ज्यादै ठुलो गिरावट आएको छ । वैशाख ११ गते लकडाउन शुरु हुनु अगाडिका दिनहरुमा दैनिक १ अर्वको हाराहारीमा संकलन हुँदै आएको राजश्वमा एक्कासी व्रेक नै लागेको छ । यसले गर्दा चैत्रको महिनामा हामीले करिव ३६ अर्व संकलन हुने अनुमान गरेका थियौं तर करिव १२ अर्व मात्र संकलन गर्न सक्यौं । तपाइलाई यो तथ्यांक हेर्दा छक्क लाग्छ होला, मलाई त आतेस नै लागेको छ । चैत्र ९ र १० गते दुई दिनमा उठेको २ अर्व संकलन गर्न हामीलाई चैत्र ११ देखि ३० गते सम्म अर्थात २० दिन लाग्यो । वैशाखमा पनि त्यस्तै नै रह्यो । वैशाखमा हामीले ३८ अर्व संकलन गर्नुपर्ने अनुमानित लक्ष्य थियो तर ९ अर्व मात्र संकलन हुन सक्यो । यसैवाट तपाई हेर्न सक्नुहुन्छ हामीले कति राजश्वमा क्षति व्यहोरिरहेका छौं । 

कोरोनाको कहरमा भन्सार प्रशासनलाई कसरी सुरक्षित राख्नु भएको छ त? नाकावाट आउन सक्ने कोरोनालाई रोक्न के गर्नु भएको छ?

भन्सारवाट प्रवेश गर्ने सवै मालवस्तुहरु, कार्यालय र भन्सार यार्डहरु साथै स्वयं मालवाहक सवारी साधनलाई समेत निसंक्रमण गर्ने Disinfection Procedures भन्सार विभागले स्वीकृत गरी सवै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा ल्याइएको छ । सोही वमोजिम कीटाणुरहित बनाउन Disinfection Spray गर्ने गरिएको छ। जनअपेक्षा अनुसार नभएको होला तर हामीले हाम्रो क्षमताले भ्याए सम्म गरेका छौं । समाजको सुरक्षा गर्नु भन्सार प्रशासनको प्रमुख कर्तव्य हो भन्ने हामीलाई प्रष्ट थाहा छ ।

कार्यालय, यार्ड, मालवाहक सवारी साधन, कार्गोलाई कीटाणुरहित बनाउन Disinfection Spray गर्ने गरिएको छ । जनअपेक्षा अनुसार नभएको होला तर हामीले हाम्रो क्षमताले भ्याए सम्म गरेका छौं ।  

 

• भन्सारमा आउने व्यक्ति र ड्राइभरहरूको स्वास्थ्य चेक-अप गर्न फ्रन्टलाइनमा स्वास्थ्य डेस्क स्थापना गरिएको छ ।
• भन्सार कर्मचारीहरुलाई स्वास्थ्य सावधानी एवं सुरक्षित महसुस गर्नका लागि मास्क, ग्लोभ्स र सेनिटाइजर जस्ता व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्न लगाईएको छ। भन्सारमा काम गर्दा सामाजिक दूरी कायम गर्दै काम गरिएको छ ।
• मालसामान मार्फत हुन सक्ने जोखिम कम गर्न भन्सार जांचपास भइसकेपछि मालसामान भन्सारवाट बाहिर निस्कनु भन्दा पहिले भन्सार यार्डमा कार्गोलाई निश्चित समय (अवधि) क्वारेन्टाइनमा राख्ने गरि समेत प्रवन्ध मिलाएको छ।
• भन्सारमा आइसकेका सामानहरुको व्यवस्थापनका लागि लोडिँग र क्लियरेन्सका लागि निश्चित स्थान तोकिएको छ ।

अहिले बढी मात्रामा त स्वास्थ्य सामग्रीहरु तथा दैनिक उपभोग्य एवं अत्याबश्यक सामाग्रीहरु नै त आइरहेको होला हैन? यिनिहरुको भन्सार जांचपास सहज वनाउनका लागि के व्यवस्था मिलाउनु भएको छ त ?
• लकडाउन शुरु भएकै दिन हामीले उपमहानिर्देशकको संयोजकत्वमा तत्काल समस्या समाधान समूह जसलाई हामी Quick Response Team (QRT) पनि भन्छौं त्यो वनायौं । त्यसले नियमित सरोकारवालाहरुसँग समन्वय गर्दै आएको छ ।
• सम्भवत यो ५५ दिनमा मैले यति धेरै सम्बद्ध मानिसहरु पदाधिकारीहरु कर्मचारीहरुसँग कुराकानी गरेँ कि यो जम्मा जोडने हो भने मेरो करिव २/३ वर्षमा पनि यति धेरै समन्वयका काम गरेको थिइनँ होला । ज्यादै नै धेरै समय खर्चिनु परेको छ । भन्सार एउटा नाका व्यवस्थित गर्ने निकाय मात्र नभएर समग्र वैदेशिक व्यापारको मियोको रुपमा रहेको रहेछ भन्ने मैले प्रत्यक्ष अनुभूत गरें । 

 

दैनिक उपभोग्य मालवस्तु एवं अत्यावश्यक स्वास्थ्य सामग्रीहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेर बढीमा २ घण्टा भित्रमा जाँचपास गर्ने गरेका छौं । 

• नियमित रूपमा जोखिमका सूचक जोखिम प्रणाली जसलाई हाम्रो भाषामा Risk Management System भन्दछौं त्यसको नियमित अपडेट गरिएको छ । कोभिड-१९ शुरु भएपछि आपूर्ति प्रणालीमा समस्या नआओस भन्नका लागि कम जोखिम भएका र दैनिक उपभोग्य एवं अत्यावश्यक सामाग्रीहरुको जांचपासलाई छिटो र छरितो कायम गर्न त्यस्ता मालवस्तुहरुलाई Green & Yellow Lane बाट जाँचपास गर्नका लागि लेन कायम गरिएको छ। ट्राफिक लाइट जस्तै रातो पहेलो र हरियो मार्ग हुन्छ भन्सारमा पनि । रातो भनेको सबै सामान खोलेर भौतिक रुपमै चेकजाँच गरिन्छ, यसवाट समय पनि धेरै लाग्ने र संक्रमण पनि हुने सम्भावना हुने भएकोले यो समयका लागि हामीले ति मालवस्तुहरुलाई पहेलो र हरियो मार्गमा हालेर छिटो र सुरक्षित तवरले जाँचपास गर्ने विधि अपनाएका छौं । 

• अत्यावश्यक र स्वास्थ्य सामग्रीहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेर बढीमा २ घण्टा भित्रमा जाँचपास गर्ने गरेका छौं ।
• लकडाउनका कारण कुरियर सेवा समेत अवरुद्द भएको सन्दर्भमा भन्सार जाँचपासमा आवश्यक पर्ने कतिपय कागजातहरूको सक्कल पछि पेश गर्ने गरी copy Document को आधारमा समेत भन्सार जांचपास गर्ने व्यवस्था मिलाइएको छ। 

अन्तमा केहि भन्न चाहनुहुन्छ?
• अत्यावश्यक सेवाका अन्य कर्मचारीहरु जस्तै भन्सार कर्मचारीहरु पनि नाकामा उत्तिकै जोखिममा रहेर आपूर्ति व्यवस्था सहज वनाउन र समाजको सुरक्षाका लागि खटिइरहेका छौं । यसको सहि मुल्याँकन सम्बन्धित सबै पक्षवाट होस भन्न चाहन्छु । 

लकडाउन भनेको के रहेछ भन्ने हामीले वुझ्यौं । कसरी सावधानी अपनाउने भन्ने पनि वुझ्यौं । यो ५५ दिनको तालिम हामीले पाइसकेका छौं । अव यहि ज्ञान र अनुभवको उपयोग गर्दै सावधानीपूर्वक हाम्रा आर्थिक गतिविधि नियमित गरौं भन्न चाहन्छु। 

 

• र अन्तमा, कोरोना एउटा तत्काल नटुँगिने युद्धको रुपमा अगाडी आएको छ । कोरोना पनि नसकिने र हामी पनि यसैगरी डराइरहने हो भने भोलीका दिन हामीलाई धेरै नै कष्टकर हुनेछन । सम्भवत हामी कगाँल वन्नेछौं । कोरोनावाट त वचिएला तर हामीले लडन वाँकी धेरै यस्ता विविध भाइरसहरु छन् । तिनिहरुसँग लड्नका लागि चाहिने खजाना पनि हामीले यसै कोरोना अभियानमा स्वाहा पार्दैछौं कि भन्ने चैं सोच्नुपर्दछ । लकडाउन भनेको के रहेछ भन्ने हामीले वुझ्यौं । कसरी सावधानी अपनाउने भन्ने पनि वुझ्यौं । यो ५५ दिनको तालिम हामीले पाइसकेका छौं । अव यहि ज्ञान र अनुभवको उपयोग गर्दै सावधानीपूर्वक हाम्रा आर्थिक गतिविधि नियमित गरौं भन्न चाहन्छु। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।