आईपीओको तयारीमा रहेका तीन निर्जीवन बीमा कम्पनीबीच तिब्र प्रतिस्पर्धा, कुन कम्पनी कस्तो ?

May 19, 2020 05:37 PM Merolagani

  • आईपीओ निष्काशनको प्रकृया कहाँ पुग्यो ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नयाँ तीन निर्जीवन बीमा कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । आईपीओ निष्काशनका तयारीमा रहेका तीन निर्जीवन बीमा कम्पनीहरुले एक शिर्षकमा अब्बल दाबेदारी प्रस्तुत गर्दा अर्कोले अर्को शिर्षकमा दाबेदारी प्रस्तुत गरेका छन् ।

पछिल्लो समय अजोड इन्स्योरेन्सले अधिकांश शीर्षकमा आफ्नो उपस्थिति बलियो बनाएकाे थियो । तर यस अवधिमा भने खुद नाफा र बीमा कोषमा मात्रै आफुलाई सिमित पारेको छ ।

यस अवधिमा अजोड इन्सयोरेन्सले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी सबै भन्दा धेरै ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै कम्पनीको बीमा कोषमा पनि सबैभन्दा धेरै ४ करोड ८१ लाख रुपैयाँ सञ्चित छ भने जगेडा कोषमा सबैभन्दा थोरै ३ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

खुद बीमा शुल्क संकलनको आाधारमा भने जनरल इन्स्योरेन्स बलियो देखिएको छ । यस अवधिमा जनरल इन्स्योरेन्सले १९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै जगेडा कोषमा ३ करोड ६७ लाख रुपैयाँ संचित छ भने बीमा कोषमा ४ करोड ११ लाख रुपैयाँ संचित छ ।

यस्तै सबै भन्दा कम खुद बीमाशुल्क र नाफा कमाएको सानिमा जनरल इन्स्योरेन्सको जगेडा कोष भने सबै भन्दा बलियो छ । सानिमा जनरलको जगेडा कोषमा सबै भन्दा धेरै ३ करोड ७७ लाख रुपैयाँ संचित छ । यस्तै बीमा कोषमा ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

खुद बीमाशुल्क र खुद नाफा भने सबै भन्दा कम रहेको छ । यस अवधिमा सानिमा जनरल इन्स्योरेन्सले ९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी २ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

आईपीओ निष्काशनको प्रकृया कहाँ पुग्यो ?

अजोड, सानिमा र जनरल इन्स्योरेन्स गत वर्षदेखि सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन् । सबै कम्पनीको चुक्ता पूँजी समान ७० करोड रुपैयाँ छ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीएवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ । त्यस अनुसार हरेक कम्पनीहरुले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरी न्युनतम चुक्ता पूँजी पुर्याउने छन् ।

तीन निर्जीवन बीमा कम्पनीहरुले मध्ये अजोड इन्स्योरेन्स आईपीओ निष्काशनको लागि अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसकेको छ । कम्पनीले हाल कायम जारी पूँजीको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति माग्दै माघ २१ गते आवेदन दिएको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि आईपीओ निष्काशन ढिलो भएको कम्पनीले जनाएको छ । लकडाउन सकिए लगतै आईपीओ निष्काशनको प्रकृया अघि बढाउने कम्पनीको तयारी छ ।

यस्तै इन्स्योरेन्सले आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन् ।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउछ ।

जनरल इन्स्योरेन्सले पनि हाल कायम जारी पूँजी एक अर्ब रूपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्नेछ ।

कम्पनीको साउन २९ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले पारित गरेको आईपीओ निष्काशन गर्न शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यस्तै सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो । सानिमाले पनि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

तीनवटै निर्जीवन बीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।