लकडाउनपछि मानसिक बिमारीको ‘सुनामी’ आउन सक्ने मनोचिकित्सकहरुको चेतावनी

May 19, 2020 08:02 PM Merolagani



लकडाउनको बेला उत्पन्न समस्याहरुका कारण मानसिक रोगको ‘सुनामी’ आउनसक्ने चेतावनी दिएका छन्।

उनीहरु विशेष गरी स्कुल बन्द भएपछि, सेल्फ आइसोलेसन र अस्पतालको डरले बच्चा र वयस्कहरुले नपाएको सहयोग तथा समर्थनका कारण चिन्तित छन्।

एक सर्वेक्षणमा मनोचिकित्सकहरुले आपतकालीन घटनाहरु बढेको र नियमीत भेटघाटमा कमी आएको रिपोर्ट गरेका छन्।

उनीहरुले जोड दिए कि मानसिक स्वास्थ्य सेवाहरु अझै पनि खुला छन्।

‘बिरामीहरु इभापोरेट भए। हामीले पहिले नै कोभिड १९ को विनाशकारी प्रभाव देखिसकेका छौँ, धेरै मानिसहरु संकटमा छन्’ रोयल कलेज अफ साइक्याट्रिस्टका अध्यक्ष प्रोफेसर वेन्डी बर्नले बताए। ‘हामी ती व्यक्तिहरुको बारेमा चिन्तित छौँ जसलाई हाम्रो आवश्यकता छ तर पाइरहेका छैनन्। हाम्रो डर यो हो कि लकडाउनले समस्याहरु सञ्चय गरिरहेको छ जसले सुनामी ल्याउन सक्छ’, उनले थपे।

बेलायतका १ हजार ३०० मानसिक स्वास्थ्य चिकित्सकहरुको सर्वेक्षणमा आकस्मिक केसहरु ४३ प्रतिशत बढेको र नियमित भेटघाटहरु ४५ प्रतिशत घटेको पाइएको छ।

‘पछिल्लो समयमा हाम्रा बिरामीहरु हराएको जस्तो देखिन्छ, मलाई लाग्छ कि मानिसहरु मद्दत लिन डराइरहेका छन्’, एक मनोचिकित्सकले बताए।

‘हाम्रा धेरै विरामीहरुमा कोरोनाभाइरसको अवरोध जस्तैः बढ्दो तनाव, सामाजिक एक्लोपन र औषधिको कमीका कारण मानसिक विकारहरु विकास भइरहेको छ’, अर्का मनोचिकित्सकले लेखे।

आरसीपीका बच्चा तथा किशोर मनोचिकित्सकको संकायका अध्यक्ष भन्छन्, ‘हामी चिन्तित छौँ कि बच्चाहरु र मानसिक रोगले पीडित युवाहरु, जसले संघर्ष गरिरहेका हुन सक्छन्, उनीहरुले सहयोग पाइरहेका छैनन्’।

एक हजार व्यक्तिहरुको सर्वेक्षणमा धेरैले भनेका छन् कि महामारी शुरु भइसकेपछि दिनचर्यामा आएको अवरोधका कारण उनीहरुको मानसिक स्वास्थ्य खराब भएको छ। केही व्यक्तिहरुलाई यसबाट बाहिर निस्कन वर्षौँ लाग्न सक्ने मनाचिकित्सक बताउँछन्। एजेन्सीको सहयोगमा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।