बीस बर्षदेखि आत्मनिर्भर पोल्ट्री व्यवसाय थला पर्यो, एक बर्ष व्याज मिनाह नगरे उठ्दैन

May 21, 2020 04:04 PM Merolagani



-अरूण पाख्रेन

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि पोल्ट्री व्यवसाय धरापमा परेको छ । लकडाउनका कारण बिक्री बन्द भएपछि पोल्ट्री क्षेत्रले दैनिक २२ देखि २५ करोड सम्म नोक्सानी व्योहोर्नु परेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणनिधि विष्टको भनाई छ ।

बिक्री बन्द भएर उत्पदान खेर गएपछि अहिले दैनिक २२ देखि २५ करोड सम्मको नोक्सानी व्योहोर्नु परिरहेको छ । २० वर्ष देखि अण्डा, चल्ला र कुखुराको मासुमा नेपाल आत्मनिर्भर थियो । लकडाउनले गर्दा यो व्यवसाय उकास्न धेरै गाह्रो हुन्छ । पोल्ट्री महासंघका अध्यक्ष गुणनिधि विष्टले मेरो लगानीसंग भने।

बिचमा लकडाउन खुकुलो भएपछि केही लय समातेको जस्तो भएपनि अहिले फेरी बिक्री बन्द भएर उत्पादन खेर गइरहेको पोल्ट्री व्यवसायीले बताएका छन्। आत्मनिर्भर व्यवसायनै धरापमा परेपछि व्यवसायीलाइ रेस्क्यु गर्नु पर्ने माग उठ्न थालेको छ। उनीहरुले बजेट मार्फत पोल्ट्री व्यवसायलाई सम्बोधन गर्नु पर्ने बताएका छन्। पोल्ट्री क्षेत्रलाई उकास्न सरकारले बैंक ब्याज छुटमा पहल गर्नु पर्ने उनको भनाई छ ।

ह्याचरी उद्योग र कुखुरा फर्मले करिब ३० अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका छन् । यो ऋणको ब्याज एक वर्षका लागि मिनाहा हुनुपर्छ । लकडाउन पछि पोल्ट्री व्यवसायलाई उकास्न सरकारले बजेट माफर्त बैंकले हाल कायम भएको चालू पूँजी बराबरको रकम पुर्नकर्जाको समेत व्यवस्था गर्ने पर्छ ।' उनले भने । यसो गर्न सकिए मात्रै आगामी २/३ वर्षसम्म पोल्ट्री व्यवसाय लकडाउन अघिको अवस्थामा पुग्न सक्ने उनको भनाई छ ।

पोल्ट्रीका विभिन्न क्षेत्रमा लेयर्स पालनमा ३० अर्ब, दाना उद्योगमा १ खर्ब २५ अर्ब र ह्याचरीमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको पोल्ट्री महासंघका उपाध्यक्ष तथा ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जनाकारी गराए।

पोल्ट्री क्षेत्रमा सबैभन्दा बढी असर ह्याचरी उद्योगलाई परेको उनको दाबी छ। उनका अनुसार नेपालभरीबाट ब्रोइलर, लेयर्स र कलर ब्रोइलरका गरी प्रत्येक साता ४२ लाख अन्डा र चल्ला नष्ट गर्नुपरिरहेको छ ।

लकडाउनको बेला अण्डा उत्पादनमा कमी आएकाले ४२ लाख ह्याचका लागि राखे पनि बिक्री नहुँदा नष्ट गर्दै गर्नुपरेको उनले बताए । सामान्य अवस्थामा व्यवसायीले सातामा ५० लाख चल्ला उत्पादन गर्ने गरेको संघको तथ्यांक छ ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।