इन्धन आयात ८५ प्रतिशभन्दा धेरैले घट्यो, निगम भन्छ-खपत कम भएकाले मूल्य घटाउन सकिएन

May 22, 2020 01:30 PM merolagani

रविन पौडेल

लकडाउनका कारण पेट्रोल, डिजेल लगायतका इन्धनको आयात ८५ प्रतिशत भन्दा धेरैले घटेको नेपाल आयल निगमले जनाएको छ।लकडाउनका कारण सवारी साधन चल्न नपाउंदा इन्धनको खपत घटेको हो। जसले गर्दा आयात नै ठूलो मात्रामा खुम्चिएको नेपाल आयल निगमले जनाएको छ।

'अहिले इन्धनको आयात एकदमै डाउन भएको छ। लकडाउनका कारण खपत घट्दा ८५ प्रतिशतभन्दा धेरैले आयात घटेको छ' नेपाल आएल निगमका प्रबक्ता विनितमणि उपाध्याएले भने।

भारतबाट हुने इन्धन आयात ८५ प्रतिशत घटेको छ। पेट्रोलको,डिजेलको खपत घटेपछि त्यही अनुसारले आयात पनि ८५ प्रतिशत घटेको हो। पहिले दैनिक तीन हजार किलो लिटर पेट्रोलको आयात हुने गरेको थियो। लकडाउन पछि दैनिक तीन सय किलो लिटरमा सीमित भएको छ। दैनिक आठ हजार किलो लिटर डिजेल आयात हुने गरेकोमा यति बेला एक हजार किलो लिटरमा सीमित भएको छ। सात सय किलो लिटर बिक्री हुने हवाई इन्धनको खपत शून्यमा झरेको छ। खपत शून्यमा झरेपछि आयात गर्ने कुरै भएन। त्यसैले आयात शून्यमा झरेको अवस्था हो। नेपालको इन्धन भण्डारण क्षमता ७१ हजार किलो लिटर छ। जसको ९० प्रतिशत स्टक नेपालसँग छ। भण्डारणको क्षमता अनुसार इन्धन स्टक राखिएको उपध्यायले बताए।

यतिबेला सबै पेट्रोल पम्पहरु खुलेपनि बिक्री भने अत्यन्त न्युन छ। अहिले दैनिक करिब ३०० किलोलिटर पेट्रोल र करिब ५०० किलोलिटर डिजेल मात्रै बिक्री भइरहेको छ। लकडाउनका कारण देशैभरी अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द भएका छन्। अत्यावश्यक कामका लागि गुड्ने केहि सवारी साधनले मात्रै पेट्रोल तथा डिजेलको खपत गरेका छन्। यता हवाइ क्षेत्र पूर्ण रुपमा बन्द भएका कारण हावाइ इन्धनको खपत करीब शुन्यमा झरेको उपध्ययायले बताए। रेस्क्यु फ्लाइट वा सामान लिन जान मात्रै विमानहरु चलेका छन्। त्यो भन्दा बाहेक विमान चलेको छैनन्। जसले गर्दा अहिले हवाइ इन्धनको खपत शुन्यकै तहमा झरेको उपाध्ययको जिकिर छ।

हेर्नुस वर्ष भरिमा कति आयात हुन्छ इन्धन

  • खपत कम भएकाले इन्धनको मूल्य नघट्ने

महामारीको रुपमा फैलिएको कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अत्याधिक गिरावट आएको छ। कच्चा तेलको मूल्य घट्दा नेपाललाई पनि थोरै फाइदा हुन्छ। तर कच्चा तेल भन्दा ब्रेन्ट क्रुडको मूल्य घट्यो भने खास तेल आयात देशहरूलाई फाइदा हुने हो। ब्रेन्ट क्रुडको प्रति व्यारेल अन्तर्राष्ट्रिय मूल्य ३२ डलर छ। त्यसको अनुपातमा इन्धनको मूल्य घट्ने हो । त्यसका पनि भारतले पठाएको मूल्य अनुसार नेपालमा तेलको मूल्य घटबढ गरिन्छ। पछिल्लो समय  भारतीय आयल कर्पोरेशनबाट नेपालमा समेत इन्धनको मूल्य घटाएर पठाएको छ। भारत र नेपालमा १५ रुपैयाँ ४२ पैसा देखि २६ रुपैयाँ ८६ पैसा सम्म मूल्य फरक छ।

हेर्नुस भरत र नेपालको फरक मूल्य

भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय भएको निगमका उपाध्ययले जानकारी दिए।

'समान्य अवस्थामा हामीले १/२ रुपैयाँ भन्दा घटाउने गरेका थिएनौं। केहि समय अघि मात्र पनि हामीले १० रुपैयाँ घटाएका थियौ।' उनले भने 'अहिले बिक्री पनि छैन, त्यसैले बिक्रीनै नहुने भएकाले घटाइएको छैन।' अहिले इन्धनको भाउ घटाउने विषयमा  नसोचेको उनको भनाइ छ। 

निगमले गत चैत २ गते डिजेल पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो भने चैत १९ गते प्रतिलिटर १० रुपैयाँले घटाएको थियो। सो पश्चात अन्तराष्ट्रिय बजारमा पेट्रोल डिजेलको भाउ घट्दै गएको भएपनि नेपालमा भने घटाएको छैन्।

 हेर्नुस थोक मूल्य

अहिले काठमाण्डौको लागि डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ तथा पेट्रोलको ९६ रुपैयाँ प्रतिलिटर कायम छ।त्यसैगरी हवाई ईन्धन (आन्तरिक उडान तर्फ) मा पनि चैत २ गते साढे ४ रुपैयाँले घटाएको थियो भने चैत १९ गते प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो। अहिले हवाई इन्धन ७५ रुपैयाँ प्रति लिटरमा बिक्री भइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।