काेराेनाबाट क्षति पुग्नेलाई राहत दिइने, आन्तरिक उत्पादन र बितरणमा ध्यान दिइने

May 25, 2020 05:58 PM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना कारण क्षति पुगेका उद्याेग र व्यवसायलाई राहत र सहुलियत दिने बताएका छन् । साेमवार राष्ट्रकाे नाममा सम्वाेधन गर्दै प्रधानमन्त्रीले बिस्तारै आन्तरिक उत्पादनमा जाेड दिने बताए ।

 

प्रधानमन्त्रीले व्यवसायीलाई राहत दिँदा कर सहुलियत, व्याजमा छुट र  बिद्युतमा छुट जस्ता कुरामा ध्यान दिइने बताए ।

उनले काेराेना भाइरसकाे संक्रमण तत्काल नसकिने देखेर नै सरकारले अान्तरिक उत्पादन र बितरण प्रणालीमा सहयाेग पुग्ने गरी कार्यक्रम ल्याइने बताए ।

कोरोना भाइरसको न्युनिकरणलाई ध्यान दिदै आर्थिक क्रियाकलापहरु सुचारु गरिने छ र नियन्त्रणको सिमाभित्र रहन सक्ने उद्योगहरुलाई अनुमति दिइने उनले बताए।

कोरोना परिक्षण गरी प्रशासनको निगरानीमा उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइने र सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा रहने श्रमिकहरुले तोकिएको मापदण्ड पुरा गरेको नगरेको अनुगमन गरी प्रशासनमा जानकारी गराउनुपर्ने उनले बताए। यसको प्रभावकारीताको आधारमा थप सञ्चालनको प्रकृया अघि बढाइने उनले बताए।

दैनिक आवश्यक बस्ताुहरको आपूर्ति सहज तुल्याउने र आन्तरीक उत्पादन बृद्धिको लागि कच्च पदार्थ देखि उत्पादित बजारसम्मको बजारको श्रीखला अवरुद्ध हुन नदिइने र आवश्यक बस्तुको आन्तरिक ढुवानी र आयात निर्यात सहज बनाइने उनले बताए।

काेराेनाबाट क्षति पुगेका उद्योगलाइ राहातको सुविधा सरकारले गर्ने उनले बताए। यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत , कर्जाको सहज उपलब्धता र विद्युतमा सहुलियत पर्ने उनले बताए।

निजी क्षेत्रको सबल नहुदा अर्थतन्त्र सबल बन्न सक्दैन भन्ने कुरालाई सरकारले मनन गरेको बताउदै शिथिल भएको अर्थव्यवस्थालाई पुनरुत्थान गर्न आवश्यक आर्थिक पुनरुत्थान सम्बन्धि प्रस्ताव अर्थमन्त्रालयले छुटै जारी गर्ने उनले बताए।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।