विश्वमा पुनः प्लास्टिकको खतरा बढाउँदै कोभिड १९

Jun 02, 2020 07:30 AM Merolagani

कोरोना भाइरस नियन्त्रणका लागि जब अधिकांश मुलुकहरुले लकडाउन गरे, तब प्रकृतिले खुलेर सास लिने मौका दियो। उदाहरणका लागि भारतको नयाँ दिल्लीमा धुवाँको बादल हटेर नीलो आकाश फेरि देखियो।

लकडाउनको निराशाजनक वातावरणमा सफा वातावरणमा सास लिनु एक मात्र खुशी थियो। जसरी चाडपर्व छोटो समयको लागि मात्र हुन्छन्, त्यसरी नै महामारीले पनि वातावरणीय खतरा बढाइरहेको छ।

वर्ल्ड वाइड फण्ड (डब्ल्यूडब्ल्यूएफ) फर नेचरको एक रिपोर्टमा यो अनुमान लगाइएको छ कि मास्क र ग्लोब्स जस्ता धेरै फोहोर समुद्रमा फेला पर्नेछ। डब्ल्यूडब्ल्यूएफको रिपोर्टमा यो बताइएको छ कि, ‘यदि १ प्रतिशत मास्क मात्र गलत तरिकाले डिस्पोज गरियो र प्राकृतिक श्रोतमा फालियो भने १ करोड मास्क हरेक महिना वातावरणमा थपिनेछ।’

डब्ल्यूडब्ल्यूएफले चेतावनी दिएको छ, ‘उदाहरणका लागि इटालीले लकडाउन हटाएसँगै मे महिनाको लागि १ अर्ब मास्क र ५० करोड ग्लाब्सको जरुरतको आवश्यकता अनुमान गरिएको छ।’
प्रत्येक मास्कको वजन लगभग ४ ग्राम हुन्छ भने यस कुरालाई विचार गर्दा प्रकृतिमा ४० हजार किलोभन्दा प्लास्टिक फैलिनेछ। रिपोर्टका अनुसार यो खतरनाक अवस्था हो र यस्तो हुनबाट रोक्नुपर्छ।

  • असर देखिन थालिसकेको छ

ग्यारी स्टोक्स, एक प्रोफेशनल फोटोग्राफर, डाइबिङ्ग प्रशिक्षक र वन्यजीव अपराधलाई अनुसन्धान र जाँच गर्ने ओशियनएशिया नामक एक एनजीओका सह–संस्थापक हुन्, उनले गत फेब्रुअरी २९ मा हङकङको समुद्री तटमा प्लास्टिकको फोहोरको अवस्थालाई डक्युमेन्ट गरी फेसबुकमा एक पोष्ट लेखेका थिए।

उनले लेखे, ‘टिमले समुद्र तटमा एक नयाँ कुरा देखे र त्यो हो, सर्जिकल मास्कको आगमन। सरसफाइको बारेमा स्पष्ट जागरुकताको अभाव बाहेक, हाम्रो लागि चाखलाग्दो कुरा समय हेर्नु थियो। यस्तो ठूलो सामाजिक परिवर्तनको साथ (सबैले मास्क लगाएका छन्), यसको असर समुद्रि तटहरुमा पुग्न छ हप्ता लाग्यो।’

‘कोभिड १९ भाइरसभन्दा अगाडि पनि सर्जिकल मास्क थिए, तर अहिलेका तुलनामा निकै कम संख्यामा। यति धेरै संख्यामा होइन जति हामी अहिले देखिरहेका छौँ। हामी ५ महिनादेखि हरेक महिनामा दुई पटक यस समुद्र तटमा आइरहेका छौँ,’ उनले थपे।

युरोपमा पनि यस्तै अवस्था छ। फ्रान्सेली अभिकर्ता लरेन्ट लोम्बार्डले फ्रेन्च रिवेरामा कान्स नजिकै एन्टिबेसको पानीमुनिको भिडियो खिचे। उनले पनि पानीमा डुबुल्कि लगाउँदा जे देखे त्यसको भिडियो फेसबुकमा पोस्ट गरे। उनले धेरै जोडी लेटेक्स ग्लब्स, सर्जिकल मास्क र अन्य अनुहार धाक्ने आवरणहरु क्याप्चर गरे।

लरेन्टले लेखे, ‘दुई अर्बभन्दा बढी डिस्पोजेबल मास्कको अर्डर गरिएको छ भन्ने थाहा पाउँदा चाँडै नै भूमध्य सागरको पानीमा जेलिफिशभन्दा बढी मास्क हुनेछ।’

जबदेखि कोभिड १९ भाइरस चीनबाट निस्केर सबै महादेशहरुमा विध्वंस मच्चाउन थाल्यो, तब विश्वभरका मुलुकहरुको सरकारले आफ्नो फ्रन्टलाइन कर्मचारी, डाक्टर र अन्य महत्वपूर्ण कर्मचारीहरुलाई सुरक्षित राख्न लाखौँ संख्यामा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट्स (पीपीई) प्राप्त गर्न कसरत शुरु गरे। अझै पनि धेरै देशहरुमा पीपीईको अभाव छ र एजेन्सीहरुले त्यसलाई पुनः प्रयोग गर्न यथासक्दो गरिरहेका छन्। साथै, तिनीहरुसँग भएका जुनसुकै श्रोत छन् त्यसैले काम चलाईरहेका छन्।

  • पीपीईको डिस्पोजल

बजारमा अहिले प्रयोगमा आएका फेस मास्कहरु प्रायः नन बायोडिग्रेडेबल हुन्। यसको मतलब यो हो कि यो तिनीहरु वातावरण अनुकुल छैनन्। सर्जिकल फेस मास्क गैर बुनेका कपडाहरुबाट बनाइएको छ। तिनीहरुलाई बनाउनको लागि प्रायः प्रयोग हुने सामाग्री, पोलीप्रोपाइलिन (प्लास्टिकको एक रुप) हो। किनकी यसले राम्रो ब्याक्टेरिया फिल्टरेशन र हावाको जोखिम कम गर्छ। साथै, यो बुनेको कपडाभन्दा कम चिप्लो हुन्छन्।

हाम्रा महासागरहरु र मैदानहरु लाखौँ लाख सिंगल मास्क र ग्लोब्सका कारण निसासिने जोखिममा छन्।

भारतमा तमिलनाडुजस्ता धेरै राज्यहरुले सिंगल युज प्लास्टिक (प्लास्टिक झोला) को प्रयोग रोक्न कडा कदम चालेका छन्। यी प्रतिबन्धहरु रेष्टुराँ, किराना पसलहरु, शपिङ्ग मलहरुमा लागु हुन्छन्।

अमेरिका र ब्रिटेन जस्ता देशहरुले पहिले नै मानिसहरुले सडक र पार्कहरुमा प्रयोग गरिएका ग्लोब्स तथा मास्कहरु छोडेको देखिसकेका छन्। प्राय, वर्षाले यिनीहरुलाई ढलसम्म पु¥याउछ, त्यहाँबाट तिनीहरु नदीजस्तै पानीको स्रोतमा पुग्छन् र अन्तमा समुद्र पुग्छ र जीवनको समस्या बन्छ।

विश्वभरको ल्याण्डफिलहरुमा रिसाइकल्ड प्लास्टिकहरुमा गरिएको एक अध्ययन अनुसार सन् २०१५ मा यसको स्तर ४ हजार ९७७ मेट्रिक टन अनुमान गरिएको थियो भने सन् २०५० मा यो मात्रा १२ हजार मेट्रिक टनसम्म पुग्ने अनुमान गरिएको छ।

अर्को एक अध्ययनले प्लास्टिकको प्रशोधन र निर्माणबाट उत्पन्न उत्सर्जनले ग्रीन हाउस ग्यार उत्सर्जनमा १५ प्रतिशत हिस्सेदारी लिने पूर्वानुमान गरिएको छ।

अन्य प्लास्टिक फोहोरभन्दा फरक, मास्क र पन्जाको आकार र बनावटले उनीहरुलाई समुद्रको मुनि र माछा र समुद्री कछुवाहरुको लागि सम्भावित खाद्य कणहरु जस्तै बनाउन सक्छ। संयुक्त राष्ट्र संघले अनुमान गरेको छ कि वर्षेनी लगभग १३ मिलियन टन प्लास्टिक फोहोर समुद्रमा फालिन्छ।

दुई दशक पहिले, एक पनडुब्बी मारियाना ट्रेन्चमा उत्रियो। यो समुद्रको सबैभन्दा गहिरो भाग थियो। पश्चिमी प्रशान्त महासागरको बीचमा १० हजार ९८८ मिटरको गहिराईमा उनले एउटा झोला भेट्टाए। वैज्ञानिकहरुले अहिलेसम्म विश्वास गर्छन् कि यो हालसम्मकै गहिरो प्लास्टिक फोहोर हो र यसलाई विघटन हुन ४०० देखि एक हजार वर्ष लाग्छ।

  • मेडिकल फोहोरको व्यवस्थापन

वुहानमा महामारीको उचाईमा मेडिकल फोहोरको प्रवाह धेरै बढ्यो र विशेष गरी पीपीईको बढि हिस्सा रहेको छ। अस्पतालहरु बाहेक यस मेडिकल फोहोरलाई मिल्काउन अलग प्लान्ट बनाइयो।

भनिन्छ कि यस्तो अवस्थामा प्रत्येक दिन २२५ मेट्रिक टन मेडिकल फोहोर निस्किन्छ। महत्वपूर्ण कुरा यो हो कि सामान्य दिनहरुको तुलनामा यस महामारीको समयमा पीपीईहरु केबल अस्पताल वरिपरिको मात्र होइन ठाउँठाउँमा फैलिएका छन्।

मेडिकल फोहोरलाई ह्यान्डलिङ्ग केही क्षेत्र बाहिर निर्धारण गरिदैन, यो शहर र गाउँहरुमा फोहोर व्यवस्थापन गर्ने नागरिक प्रशासनका कर्मचारीहरुका लागि ठूलो समस्या भएको छ।

ग्लोभ्स र मास्क जस्तै पीपीईहरु पनि डिस्पोज गरेपश्चात कोभिड १९ संक्रमण साथ लैजान सक्छन्। यहि कारण यो महामारीसँग जोडिएको एकदमै महत्वपूर्ण प्रक्रिया हो। त्यसैले, यो जरुरी छ कि मेडिकल फोहोरबाट हुने संक्रमणबाट बच्न सो फोहोर व्यवस्थापन गर्ने कर्मचारीलाई पनि पीपीईले प्रयोग गर्नु महत्वपूर्ण छ।

इंग्ल्याण्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले पीपीईलाई संक्रामक र आक्रमकको रुपमा वर्गीकृत गरिएको छ। त्यसैले तिनीहरुलाई नियमित रुपमा प्लान्टहरुमा पठाइन्छ जहाँ तिनीहरुलाई उच्च तापाक्रममा जलाईन्छ ताकि भाइरसको हरेक हिस्सा नष्ट होस्।

दुनियाभरमा मेडिकल फोहोरलाई भष्म गर्ने सबैभन्दा उत्तम तरिका यसलाई उच्च तापक्रममा जलाउनु हो। न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनको एक अध्ययनमा भनिएको छ कि प्लास्टिकमा अन्य सतहको तुलनामा भाइरस लामो समयसम्म रहन्छ, कहिलेकाँही ३ दिनसम्म।

सिंगापुरमा नेशनल एन्वायरमेन्ट एजेन्सीको भनाइ छ कि मेडिकल फोहोर प्रबन्धकहरुलाई जस्तै घर र व्यापारिक प्रतिष्ठानमा सार्वजनिक फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुलाई पनि पीपीई र ह्याण्ड स्यानिटाइजरले सुरक्षित गर्न जरुरी छ।

भारतमा, सेन्ट्रल पोल्युशन कन्ट्रोल बोर्डले बायोमेडिकल फोहोर व्यवस्थापन गर्न आफ्नो गाइडलाइन्सको संशोधित संस्करण जारी गरेको छ। यो हालको महामारीलाई ध्यानमा राख्दै गरिएको हो। यसमा जैविक फोहोर व्यवस्थापन काममा संलग्न सबै कर्मचारीहरुलाई राज्य सरकारले पीपीई प्रदान गर्न जोड दिएको छ।

गाइडलाइन्समा बायोमेडिकल वेस्ट ट्रिटमेन्ट फ्यासिलिटी उपलब्ध नभएमा फोहोरलाई जमीनमा गहिराईमा दबाउन थिच्न निर्देशन दिइएको छ। एचवानएनवान, स्वाइन फ्लु र निपहको अघिल्लो अनुभवनले भारतलाई यस समस्याको गम्भीरताबारे सचेत गराएको छ।

  • सम्भावित समाधान

सिंगल युज मास्कको प्रयोगलाई कम गर्न विश्वभरका धेरैजसो सरकारले कपडाले बनेका पुनः प्रयोग गर्न योग्य मास्कहरु सर्वसाधारणलाई वितरण गरिरहेका छन्।

यस्ता मास्कहरुको बढ्दो प्रयोगले प्लास्टिक मास्कहरुमा कम निर्भरता सुनिश्चित गर्दछ। हालको महामारीको प्रकोप कम भएपनि दुनियाँभरमा फेस मास्कको प्रचलना २०२२ सम्म जारी रहनेछ। डब्ल्यूएचओ र विश्वका अन्य मेडिकल निकायहरुबाट कपडाको मास्क पहिचान गर्नु वास्तवमै राम्रो कदम हो।

साथै डाक्टर र स्वास्थ्य पूर्वाधारको विभिन्न लजिस्टिक कारणले सिंगल यूज मास्कको उपयोग जारी राख्नु पर्नेछ। यस्तो अवस्थामा पीपीईहरुको निर्माण र रिसाइक्लिंगमा संलग्न कम्पनीहरुले उनीहरुको प्रभावकारी ढंगले निर्माण र पुनःप्रयोगमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यदि वर्तमान महामारीबाट उत्पन्न मेडिकल फोहोरलाई प्रभावकारी रुपमा व्यवस्थापन गरिएन भने यसले जीवनशैली र अर्थव्यवस्थामा गहिरो निसान मात्र छोड्दैन, तर यसले पर्यावरणीय सन्तुलनलाई पनि ठूलो नोक्सान पु¥याउन सक्छ।

डब्ल्यूडब्ल्यूएफ इटलीका अध्यक्ष डोनाटला बियान्ची भन्छिन्, ‘नागरिकहरुले घरमै संक्रमण रोकथाम गर्न सरकारी निर्देशनप्रति जिम्मेवार बनी देखाएझैँ अब निजी सुरक्षा उपकरणहरुको व्यवस्थापनमा पनि समान दायित्व देखाउनु आवश्यक छ। तिनीहरुको उचित व्यवस्थापन गर्नुपर्दछ र तिनीहरुले प्रकृतिलाई हानी गर्न दिनु हुँदैन’। (एजेन्सीको सहयोगमा, फोटोः लरेन्ट लोम्बार्डको भिडियो)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।