समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिँदै, स्वाप रेशियो कति?

Jun 15, 2020 12:20 PM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्। यी दुई लघुवित्तबीच असार १ गते बिहान ११ बजे गाभ्ने÷गाभिने सम्झौता भएको हो।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ मा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त नेप्सेमा सूचिकृत कम्पनी हो भने काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको घरेलुले हालसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छैन।

यी दुई लघुवित्त १००ः८० शेयर स्वाप रेशियोमा गाभिने प्रारम्भिक सम्झौता भएको समता लघुवित्तका कम्पनी सचिव विश्व श्रेष्ठले जानकारी दिएका छन्।

मर्जर प्रयोजनार्थ समता लघुवित्तको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।