काँकडभिट्टाबाट हुने निकासी ठप्प,भन्सारले पठाएका सामान पश्चिम बंगाल प्रहरीले राेक्याे

Jun 21, 2020 04:03 PM Merolagani

सुवास निरौला

भारतको पश्चिम बङ्गाल सरकारले लगाएको प्रतिबन्धका कारण नेपाली उत्पादन निर्यातमा धक्का लागेको छ। तत्काल कोरोना र स्वास्थ्य समस्या देखाउँदै एकाएक निकासीमा रोक लगाएपछि निर्यातमा धक्का लाग्ने भएको हो। यसले दैनिक राजस्व समेत गुमिरहेको छ।

निर्यात गर्न नपाएपछि पूर्वी भेगका उत्पादन भारत,भुटान र बङ्गलादेश निर्यात हुन पाएका छैनन्। समयमै सामान निकासी गर्न नपाउँदा व्यवसायी चिन्तामा देखिएका छन्।मुख्य रूपमा निकासी हुने मालवस्तुहरुमा अलैँची,चिया,अदुवा,मुसुरो दाल, कर्कट पाता,अम्रिसो आदि रहेका छन्। केही दिनदेखि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट सबै खाले सामान निकासी ठप्प रहेको भन्सार विभागले जनाएको छ। मेची भन्सार कार्यालयकै पहलमा केही मालवाहक ट्रक छोडिएको भए पनि पश्चिम बङ्गाल प्रहरीले उक्त समानबीचैमा रोकेको छ।

सामान निकासी गर्न रोक लगाइए पनि पैठारीमा भने कुनै समस्या देखिएको छैन। मुख्य रूपमा पैठारी हुने मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, क्लिंकर, कोइला, जुस (बङ्गलादेश),डिसहोम रिसिभर सेट, जिप्सन, रेजीन,फेस भेनियर, टायल्स आदि नेपाल आइरहेका छन्। उताबाट अाएका माल बाहक ट्रक पुन: फर्किन भने पाएका छैनन्।खाली ट्रकहरू विराटनगर नाकाबाट फर्किन थालेका छन्।

मालवाहक ट्रक आउन दिने तर फर्किन नदिने भएपछि उद्योग वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयले  पश्चिम बङ्गाल सरकारसँग छलफल गरिरहेकाे बताइएको छ। भारतीय दूतावास मार्फत पश्चिम बङ्गाल सरकारसँग कुरा भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ। अहिलेसम्मको वार्ता सकारात्मक रहेकोले चाडै टुङ्गोमा पुगिने वाणिज्य मन्त्रालयको भनाइ छ।

बङ्गलादेश र भुटानसँग निकटतम दुरीमा रहेको यस भन्सार कार्यालयको वैदेशिक व्यापार मध्ये करिब ७० प्रतिशत व्यापार भारतबाट हुने गरेको छ ।यस भन्सारबाट हुने व्यापारको करिब १० प्रतिशत व्यापार बङ्गलादेश र भुटानसँग रहेको छ ।बङ्गलादेश र भुटानसँग स्थलगत व्यापार हुने प्रमुख नाका पनि यही हो । साथै यस नाकाबाट सामुन्द्रिक मार्ग हुँदै भएर व्यापार हुने चीन तथा अन्य तेस्रो मुलुकबाट हुने आयात/निर्यातको करिब २० प्रतिशत व्यापार हुने गरेको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

राजश्व सङ्कलनको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३/०७४ मा रु. ६ अर्व लक्ष्य तोकिएकोमा ०७४/०७५ मा ९ अर्व लक्ष्य कायम रही १११ प्रतिशत राजस्व सङ्कलन भएको जुन अघिल्लो अवधिको तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि हो। ०७६/०७७ मा १३ अर्व २४ करोड लक्ष्य कायम गरिएको छ ।

लक्ष्य अनुसार  कुनै पनि नाकले राजस्व सङ्कलन गर्न सकेका छैनन्।यति बेला बन्द भएको कारण मेची भन्सारको राजस्व लक्षमा धक्का लाग्ने निश्चितै रहेको छ। भन्सार विभाग काठमण्डौका अनुसार अझै राजस्व उठ्ने क्रम बढेको छैन। समग्रमा लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व सङ्कलन भइरहेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए।'दैनिक लक्ष्य एक अर्व १५ करोड रुपैयाँ हो। यति बेला ६० करोड रुपैयाँको हाराहारीमा राजस्व उठिरहेको छ 'घिमिरेले भने। लकडाउनकाका कारण व्यवसायीले पर्याप्त सामान आयात नगरेका कारण राजस्वमा उत्ति कै कमी आएको हो।

सरकारले असार एक गतेदेखि लकडाउन केही खुकुलो गरेको भए पनि समान आयातमा कुनै फरक परेको छैन।यति बेला राजस्व सङ्कलनको दर पुरानै स्तरमा रहेको छ।'लकडाउन खुकुलो भएपछि कति धेरै फरक देखिएको छैन।अहिले नै लकडाउन खुल्ला भएर कति फरक पर्‍यो भनेर जाँच्ने बेला पनि भइसकेको छैन। किनकि भन्सारमा त्यति धेरै चाप अझै परेको छैन" घिमिरेले भने।

comments powered by Disqus

बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत, प्रति कित्ता मूल्य कति ?

Jun 26, 2024 05:41 PM

नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत गरेको छ। सर्वसाधारणको लागि छुट्याएक ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर बोर्डले स्वीकृत गरेको हो।