गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद शेयरमा कहिलेदेखि दिन सकिन्छ आवेदन?

Jun 22, 2020 08:47 AM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) ले असार १४ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले यस अघि गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। तर, चैत ११ गतेदेखि नै लकडाउन गरिएका कारण इन्स्योरेन्सले निष्काशन प्रक्रिया स्थिगित गरेको थियो। 

इन्स्योरेन्सले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते सोमबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो। जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्। इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

कम्पनीले यसअघि चैत २० गतेदेखि हकप्रद बिक्री गर्ने भनेपनि लकडाउनका कारण हकप्रद शेयर निष्काशन स्थगित भएको थियो। सरकारले असार १ गतेदेखि पुनः लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री सुरु गर्न लागेको हो।

एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। इन्स्योरेन्सको हकप्रदमा २०७७ साउन गतेसम्म आवेदन गर्न सकिनेछ।

इन्स्योरेन्सले बिक्रीमा ल्याउन लागेको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको सङ्केत गर्दछ।

हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।