विश्वव्यापी वृद्धिदर अनुमान गरिएकोभन्दा नराम्रोसँग घट्नेः आईएमएफ

Jun 27, 2020 06:58 AM Merolagani



अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष र आगामी वर्षको लागि गरिएको विश्वव्यापी वृद्धिदर प्रक्षेपण घटाएको छ।कोषले अब यस २०२० मा लगभग ५ प्रतिशत गिरावट आउने भविष्यवाणी गरेको छ। यो १० हप्ता अघि अर्थात गत अप्रिलमा गरिएको पूर्वानुमानभन्दा निकै खराब हो। 

कोषले यस वर्ष यूकेको अर्थतन्त्रमा १० प्रतिशतभन्दा बढी संकुचन आउन सक्ने अनुमान गरेको छ भने सन् २०२१ मा आंशिक सुधार हुने अपेक्षा गरेको छ।

इटाली, फ्रान्स अथवा स्पेनका लागि गरिएको प्रक्षेपणजस्तो नभएपनि यो सबैभन्दा गम्भीर गिरावटमध्ये एक हुने बताइएको छ।

आईएमएफकी प्रबन्ध निर्देशक, क्रिस्टालिना जर्जीभाले पहिले नै चेतावनी दिएका थिए कि अप्रिलमा गरिएको पूर्वानुमानलाई विभिन्न घटनाहरुले ओभरटेक गरिसकेको छ र विश्व अर्थतन्त्रको सम्भावित बाटो खराब देखिएको छ।

यो अहिले विश्व तथा ब्रिटिस अर्थतन्त्र, दुबैका लागि गरिएको नयाँ प्रक्षेपणमा प्रतिबिम्बित भएको छ।

महामारीका कारण आएको मन्दीले, विश्वभरी र हरेक मुलुकहरुमा, आईएमएफले पहिले सोचेकोभन्दा गहिरो हुनेछ।

आईएमएफले गत अप्रिलमा यूकेको ६.५ प्रतिशत र विश्वको ३ प्रतिशत घट्ने पूर्वानुमान गरेको थियो।

चित्रमा देखिएको उदासिन दृष्टिकोणले आंशिक रुपमा यस तथ्यलाई दर्शाउँछ कि अप्रिलपछिको तथ्याँकले पहिला गरिएको पूर्वानुमानको तुलनामा तीव्र गिरावटतर्फ इशारा गरेको छ।

आईएमएफले मानिसहरुको खर्चमा ठूलो प्रभाव पार्ने अनुमान गरेको छ। रिपोर्टले केही यस्ता कुराहरुलाई औँल्याएको छ जुन यस मन्दीको बारेमा असामान्य छ।

सामान्य अवस्थामा मानिसहरु बचतमा डुबकी लगाउँछन् या आफ्नो खर्चको उतारचढावलाई कम गर्न परिवार तथा कल्याण प्रणालीहरुको मद्दत लिन्छन्। मन्दीको बेला व्यवसाय लगानीको तुलनामा उपभोक्ता खर्च कम प्रभावित हुन्छ।

तर, अहिलेको समयमा, लकडाउन र संक्रमण प्रति सचेत मानिसहरुले अपनाएको स्वेच्छिक सामाजिक दूरीले माग (डिमाण्ड) लाई प्रभाव पारेको छ।

आउँदो समय अनिश्चित भएका कारण मानिसहरुले पहिलेको तुलनामा उपभोग कम गरी अधिक ‘सावधानी बचत’ गर्ने आइएमएफको अनुमान छ। रिपोर्टले अर्थतन्त्रमा ठूलो दाग लाग्ने सम्भावनाको चेतावनी पनि दिएको छ। धेरै मानिसहरुको व्यवसाय डुबेको छ र मानिसहरु लामो समय बेरोजगार रहनुले यो अर्थ हुन्छ कि आर्थिक गतिविधि सोचेजति छिटो ‘बाउन्स ब्याक’ हुन गाह्रो हुन्छ।

जुन व्यवसायहरु अहिले बचेका छन्, संक्रमणबाट जोगिन उनीहरुले चालेका कदमहरुका कारण उनीहरुको दक्षतामा पनि कमी आउने खतरा रहेको छ।

नाटकीय मन्दी

यस वर्ष आईएमएफले विकसित मुलुकहरु, जुन विशेष गरी यूरोपमा छन्, तिनीहरुको आर्थिक गतिविधिमा सबैभन्दा बढी संकुचन आउने अनुमान गरेको छ।

नयाँ पूर्वानुमानले यूकेको वृद्धि आंकडा अप्रिलमा गरिएको पूर्वानुमानको भन्दा ठूलो हुने प्रक्षेपण गरेको छ। तर, यो यस सालको गहिरो गिरावटभन्दा पूरै भिन्न छ। समग्रमा, नयाँ आईएमएफ पूर्वानुमानको अर्थ यो हो कि सन् २०२२ मा ब्रिटिश अर्थतन्त्र अप्रिलको पूर्वानुमानभन्दा सानो हुन्छ।

यस वर्ष केही मुलुकहरुमा केही हदसम्म अपूर्ण रिकभरी हुने आईएमएफले अपेक्षा गरेको छ। युकेका चान्सलर ऋषि सुनकले यस पूर्वानुमानको प्रतिक्रियामा भने, ‘भाइरसको फैलावटलाई नियन्त्रण गर्न हामी सबैले गरेको प्रयासलाई धन्यवाद छ, अब हामी सुरक्षित रुपमा आफ्नो अधिक आर्थिक गतिविधि खोल्न सक्षम भएका छौँ’।

ती सबै १६ मुलुकहरुका लागि जसको लागि आईएमएफ विशिष्ट पूर्वानुमान दिन्छ, अप्रिल प्रक्षेपणको तुलनामा यस वर्षका लागि गिरावट प्रक्षेपण गरेको छ।

भारतको लागि सबैभन्दा ठूलो परिवर्तन हुने अनुमान गरेको थियो। जहाँ आईएमएफले पहिला एकदमै सुस्त वृद्धिको भविष्यवाणी गरेको थियो तर फेरी पनि विकास भएन। अहिले आईएमएफले ४.५ प्रतिशत संकुचन प्रक्षेपण गरेको छ।

प्रक्षेपण गरिएका १६ मुलुकहरुमध्ये एक मात्र मुलुकहरुमा आईएमएफले यस वर्ष वृद्धि देखेको छ। त्यो हो चीन, तर, नाटकिय गिरावटको अझै १ प्रतिशत सम्भावना रहेको छ।

आईएमएफको नयाँ मूल्याङ्कन एक पटक पुनः महामारीबाट हुने गम्भीर आर्थिक नोक्सानी र यस प्रतिको प्रतिक्रियालाई रेखांकित गरेको छ।

यद्यपि, यस महिनाको शुरुवातमा अर्गनाइजेशन फर इकोनोमिक को अपरेशन एण्ड डेभलपमेन्टले गरेको पूर्वानुमानजस्तो आर्थिक गतिविधिमा आएको गिरावट अधिक गम्भीर छैन। (बीबीसीबाट )     

अनुवाद: प्रत्येक अवाले

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।