लकडाउनमा बीमा कम्पनीहरुले संकलन गरे १३ अर्बभन्दा बढी बीमाशुल्क, कुन कम्पनीको कति ?

Jun 29, 2020 04:35 PM Merolagani



  • अरूण पाख्रेन

लकडाउनको अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १३ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। बीमा समितिको तथ्यांक अनुसार चैत, बैशाख र जेठ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेको हो।

 

कोरोना संक्रमण तथा रोकथामको लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको भएपनि हामीले चैत १ गतेदेखिकै तथ्यांकको आधारमा यो समाचार तयार पारिएको हो। लकडाउनको यस तीन महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६१ करोड र निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६८ करोड गरी कुल १३ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन्।

बीमा समितिले लकडाउन अवधीमा बीमाशुल्क संकलनमा छुट समेत दिएको छ। यस अवधीमा बीमालेख नवीकरण शुल्क नबुझाएपनि जरिवना लाग्ने छैन। पछिल्लो पटक थप गरेको ब्याज छुटको अवधि आज जेठ ३२ गते सकिएपछि समितिले उक्त निर्देशन दिएको छ।

बीमा समितिको निर्देशन अनुसार लकडाउन पुर्णरुपले खुलेको १५ दिनसम्मको नवीकरण शुल्क नबुझाए पनि जरिवना लाग्ने छैन। यद्यपी, लकडाउनको यस अवधीमा नयाँ बीमालेखहरु समेत जारी भएका छन् भने नवीकरण शुल्क समेत उठेको छ।

लकडाउनमा नेपाल लाइफ कुल बीमाशुल्क करिब ३ अर्ब

लकडाउनको यस अवधीमा नेपाल लाइफले करिब ३ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। चैतमा ६५ करोड, बैशाखमा ५० करोड र जेठमा १७२ गरी कुल २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, एलआईसी नेपालले एक अर्ब ४ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ। बैशाखमा कुनैपनि बीमाशुल्क आर्जन नगरेको एलआईसीले चैतमा ७० करोड र जेठमा ३४ करोड गरी १ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो।

नेशनल लाइफ इन्स्योरेन्सले चैतमा २२ करोड, बैशाखमा १० करोड र जेठमा ३४ करोड गरी कुल ७६ करोड रुपैयाँ बराबरको बीमाशुल्क कमाएको छ। यस्तै, युनियन लाइफ र एशियन लाइफ यस अवधीमा ५० करोड रुपैयाँभन्दा बढीको बीमाशुल्क आर्जन गरेको छ।

यस अवधीमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सन नेपाल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ रहेका छन्। तीनवटै कम्पनीले ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

१९ जीवन बीमा कम्पनीहरुले चैतमा २ अर्ब ५२ करोड, बैशाखमा ४ अर्ब ४७ करोड गरी यस अवधीमा ८ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो। तीन महिनाको तुलनामा बैशाखमा सबैभन्दा कम कारोबार भएको देखिएको छ।

शिखर इन्स्योरेन्सबाट मात्रै आधा अर्ब बढीको बीमाशुल्क आर्जन

लकडाउनमा २० निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छन्। चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन्।

त्यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क कमाएको छ। शिखरले चैतमा २८ करोड, बैशाखमा ६ करोड र जेठमा २१ करोड गरी ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो।

यस्तै, हिमालयन जनरल, सगरमाथा, नेको, र सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क ३५ करोडभन्दा बढी रहेको छ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले चैतमा १ करोड, बैशाखमा १ करोड र जेठमा २ करोड गरी कुल ४ करोड रुपैयाँ बीमाशुल्क कमाएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।