साँवा व्याज तिर्ने समय थप गर्ने वा व्याजकाे पूँजीकरण गर्ने निर्णय ढिला हुँदा व्यवसायी चिन्तित

Jun 29, 2020 06:50 PM merolagani

  • विष्णु बेल्वासे

आर्थिक वर्षसमाप्त हुन अब १५ दिनमात्रै बाँकी छ । यतिबेला बैक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई साँवा व्याज कसरी भुक्तानी गर्ने भन्ने चिन्ता थपिएको छ ।

नेपाल राष्ट बैंकले चैत मसान्तसम्म तिर्नु पर्ने साँबा र ब्याज असारसम्म तिरे हुने व्यवस्था गरेको थियो । त्यसले व्यवसायीलाई तत्कालका लागि राहत पुगेको थियो । तर अहिले चैत मसान्तसम्मको र त्यसपछिको (यो अर्थिक वर्षको अन्त्यसम्मको) साँवा व्याज असारमसान्तसम्म तिर्नु पर्ने हुँदा व्यवसायीलाई तनाव बढेको हो ।

कोरोना भाइरसका कारण व्यापार व्यवसाय ठप्प भएपछि असार मसान्तभित्र साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्यामा परेको व्यवसायीहरू बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सानो तिनो व्यवसाय गर्दै आएका व्यवसायीहरू असार मसान्तसम्मको सावाँ ब्याज कसरी बुझाउने भन्ने चिन्तामा छन् । उनीहरूलाई अहिले बैंकको साँवा तिर्न त परै जाओस ब्याज तिर्न पनि मुस्किलै परेको छ । व्यवसायीको परिश्रम त परै जाओस् घरबाहाल तिर्न पनि सकिरहेका छैनन् ।

ठूलादेखि सानातिना व्यापारी, दुध तथा कुखुरापालक कृषकको हालत चौपट छ । यसैगरी पर्यटन, उद्योग व्यावसायीहरूको अवस्था झनै नाजुक छ ।

व्यवसायीहरू बैंकले ब्याज पनि साँवामा गाभी दिए राहत हुन्थ्यो भन्न थालेका छन् । त्यो गर्न नसके असार मसान्तमा बुझाउने साँवा र ब्याज भुक्तानी अर्को तीन वा छ महिनाभित्रमा तिरे हुने भन्ने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने पक्षमा उभिएका छन् ।

नेपाल राष्ट्र बैंकले पनि ब्याजलाई पूँजीकरण गरि दिने कि भन्ने पक्षमा छ । यदि त्यसो गर्न नसकिएको खण्डमा ब्याज भुक्तानी गर्ने समय थप्ने सम्भावना पनि छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार नेपाल उद्योग परिसंघको १७ वार्षिक साधारण सभालाई संम्बोधन गर्दै ब्याजलाई पुँजीकरण गर्ने वा ब्याज भुक्तानी गर्नु समयावधि लम्बाउने कुरा भइरहेको बताएपछि व्यवसायीले केही राहत महशुस गरेका छन् ।तर, ढुक्क भइहाल्ने अवस्थामा भने व्यवसायी छैनन् ।

व्यवसायी र बैंक तथा वित्तीय संस्थालाई पनि समस्या नपर्ने गरी राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति ल्याउनु पर्ने नेपाल वित्त संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘वित्तीय अवस्था पनि नबिग्रिने र उद्योग व्यवसायलाई पनि समस्या नआउने गरी मौद्रिक नीति ल्याउनु पर्छ,’ गुड्विल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘कर्जाको पुनः तालिकीकरण वा ब्याज तिर्ने समय पर धकेल्न सकिन्छ ।’ तर, यसो गरिएमा व्यवसायीले एकै पटक धेरै रकम बुझाउनु पर्दा केही समस्या भने हुने उनको भनाइ छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि सावाँ ब्याज कसरी उठाउने भन्ने चिन्तामा छन् । व्यवसायीले सावाँ ब्याज तिर्न नसकेर नोक्सानी बेहोर्नु पर्ने हो कि भन्ने चिन्तमा छन् ।

व्यवसायी र बैंक दुबैलाई समस्या भएको नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेद्र ढुंगाना बताउँछन् । ‘कोरोना भाइरसका कारण व्यवसायी र बैंक दुवैलाई समस्या भएको छ,’ उनले भने, ‘साँवा ब्याज असुल नगरौं नोक्सानीमा राख्नुपर्छ, असुल गर्न ताकेता गरौं व्यवसायीको अवस्था नाजुक छ ।’ तीनमहिनादेखि यता जटिल अवस्था आएकाले पनि व्यवसायीलाई साँवा ब्याज भुक्तानी गर्नका लागि दवाव नदिएको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थालाई पुरानो सावाँ ब्याज उठान समस्या पर्ने मात्र होइन अहिले भइरहेको रकम लगानी गर्न पनि सकिरहेका छैनन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

कारोना भाइरस संक्रमणको त्रासका कारण चैत ११ देखि ऋणको माग भने ठप्प जस्तै भएको छ । स्वास्थ्य सामग्री खरिद र औद्योगिक कच्चा पदार्थका लागि फाट्ट फुट्ट रूपमा ऋणको माग भएपनि अन्य कामका लागि ऋणको माग हुन सकेको छैन् ।

विगत तीन महिनादेखि नगद झिक्ने र राख्नेको चहलपहल भएपनि ऋण माग गर्न आउने भने ज्यादै न्यून रहेको राष्टिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

’स्वास्थ्य सामग्रको खरिद र औद्योगिक कच्चा पदार्थ आयातका लागि ऋण माग भएपनि अन्य क्षेत्रका लागि भने ऋण लिन कोही तयार देखिएका छैनन्,’ उनले भने, ’लकडाउनका कारण अत्यावश्क बाहेक अन्य क्षेत्र प्रायः ठप्प रहेकाले पनि ऋण माग नभएको हो ।’

ऋणको माग भने लकडाउन अघिदेखि नै कमी हुँदै आएको थियो । गत आर्थिक वर्षमा ऋणको माग अत्याधिक भएको थियो । तर चालु आर्थिक वर्षमा भने ऋणको माग कमी हुँदै आएको छ । त्यसमाथि पनि करिव तीन महिनादेखि जारी विश्वव्यापी महामारीको ?प लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण ऋणको माग झनै घटेको छ ।

गत बर्षको अन्त्यमा सरकारले खर्च गर्न थालेपछि बैंकिङमा लागनीयोग्य पूँजी (तरलता) पनि बृद्धि भएको थियो । बैंकहरू उत्साहित हुँदै ऋण बिस्तारतिर लागेका थिए । तर चालु आर्थिक वर्षसमाप्त हुन लागिसक्दा पनि सरकारसँग लगानीे गर्ने रकम नै नभएका कारण असारे विकासले गति लिन सकेको छैन् ।

कारोना भाइरसका कारण बैंकहरूमा ऋण लिने पछि हटेका छन् । बैंकमा लगानीयोग्य रकम प्रायाप्त मात्रमा थुप्रिएको छ ।

बैंकहरू ऋणको माग हुन छाडेपछि खुद्रा ऋणको मार्केटिङ गर्न थालेका छन् ।


comments powered by Disqus

व्यवसायीले कर्जाको दर मात्रै सम्झन्छन्,निक्षेपको दर सम्झन्नन, निक्षेप नभइ कर्जा कहाँबाट मिल्छ?

Jul 04, 2020 01:39 PM

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउन थालेका छन् । महामारीजस्तो विषम परिस्थितिमा अर्थतन्त्रलाई गतिशील तुल्याउनु अर्थमन्त्रीका रुपमा उनका अगाडि उत्तिकै चुनौतीपूर्ण छ