पहिलो दिन नै बजारमा आधा अर्बको कारोबार भएपछि लगानीकर्ताको प्रतिक्रिया, 'लगानीकर्ता सचेत भए'

Jun 29, 2020 05:40 PM Merolagani



तीन महिनापछि खुलेको शेयर बजारमा पहिलो दिन नै झण्डै आधा अर्बको कारोबार भएको छ। लगानीकर्ताहरुले पहिलो दिन उच्च बिक्री चाप आउने आँकलन गरिएपनि सोमबार त्यसको विपरित खरिद गर्ने लगानीकर्ताको चाप पनि उत्तिकै देखियो।

लगानीकर्ताकाे आँकलन अनुसार नै बजार खुलेको पहिलो घण्टासम्म बजार उच्च दरले घट्यो र नेप्सेले सर्किट ब्रेकर प्रयोग गरी २० मिनेटको लागि कारोबार स्थगित गरेको थियो। तर, सो पश्चात बजारमा खरिद गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप देखियो जसले गर्दा बजार पुनः बढ्न थाल्यो।

चार घण्टा खुलेको बजारमा साढे ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेप्से सूचक १२ अंकले घटेको छ। कारोबारमा आएका १४७ वटा कम्पनीमध्ये ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तो अवस्थामा खुलेको बजारमा झण्डै ५० करोडको कारोबार भएर १२ अंकको गिरावट आउनु सामान्य रहेको स्टक ब्रोकर एशोशियसनका अध्यक्ष भरत रानाभाट बताउछन्।

बजार धेरै घट्ने आँकलन गरिएपनि सो अनुसार बजार नघटेको र बजार आफ्नै लयमा चल्छ भन्ने प्रमाणित गरेको उनले बताए। अहिले लकडाउन केहि खुकुलो भएको छ भने बजारमा तरलता पर्याप्त मात्रामा छ जसले गर्दा आउने दिनमा बजार सकारात्मक नै हुने देखिएको उनले बताए।

शेयर लगानीकर्ता सँघका अध्यक्ष उत्तम अर्याल पनि सोमबारको बजारबाट लगानीकर्ता परिपक्व भएको देखिएको बताउछन्। 

लगानीकर्ता सस्तोमा शेयर बेचेर पलायन हुन चाहेनन्। उनले भने, 'लगानीकर्ता सचेत भएका छन्।'

अहिले बजारमा सुधारका कामहरु भइरहेका र नियामक निकायले पनि सुधार गर्ने प्रतिबद्धता जनाएको छ। मौद्रिक नीतिमा पनि केहि कुरा समेटिने आशा रहेकोले बजार सकारात्मक हुने देखिएको उनले बताए।

लकडाउनका कारण शेयर बजार गत चैत ११ गतेदेखि बन्द भएको थियो। बिचमा दुई दिन बजार खुलेपनि दुबै दिन बजार उच्च दरले घटेपछि पुनः बन्द गरिएको थियो। सोमबार खुलेको बजार पनि उच्च रुपले घट्ने केही लगानीकर्ताहरुको आँकलन थियो। तर, बजारमा खरिद चाप बढेर केहि सकारात्मक माहोल देखा परेपछि लगानीकर्ताको मनोबल थप बलियो भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।