नागरिक लगानी कोषको नाफामा सामान्य सुधार, ईपीएस कति?

Jun 30, 2020 11:55 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषले चैत मसान्तसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड १७ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफामा सामान्य वृद्धि भएपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आवको तेस्रो त्रैमासमा ३५ रुपैयाँ रहेको कोषको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा ४ रुपैयाँ घटेर ३१ रुपैयाँमा सिमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घटेको हो। गत आवको मुनाफाबाट कोषले २२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रहेको छ। कोषले चैत मसान्तसम्ममा ६० करोड रुपैयाँ नेपाल सरकारको ऋणपत्रमा, ८५ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा र ८७ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ। कोषले चैत मसान्तसम्ममा ५ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।