नेप्से २.६३ प्रतिशत बढ्दा ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट

Jul 06, 2020 03:41 PM Merolagani



साताको पहिलो कारोबार दिन ०.७४ अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार २.६३ प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से ३३.२७ अंक बढेर एक हजार २९८.७३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स पनि उच्च दरले बढेको छ। ‘सेन्सेटिभ’ समूहका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने यस इण्डेक्स यस दिन २.३४ प्रतिशत बढेर २७५.८८ विन्दुमा पुगेको छ। त्यसैगरी, सर्वासाधारण समूहको शेयर कारोबार मापन गर्ने फ्लोट इण्डेक्स यस दिन २.४१ प्रतिशत बढेर ९१.०८ विन्दुमा पुगेको छ।

यस दिन कुल १७६ कम्पनीको १७ हजार ३८४ पटकको कारोबारमा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँ बराबरको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर खरिदबिक्री भएको छ।

५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढीले बढ्दा ५ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, सूर्योदय लघुवित्त वित्तीय संस्था, ग्रामिण विकास लघुवित्त, र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन अन्य ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन राधी जलविद्युत कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १८ रुपैयाँ अर्थात ९.८९ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो।

सर्वाधिक बढ्ने उपसमूह, होटल

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ५.५१ प्रतिशत बढेको हो। त्यसैगरी, निर्जीवन बीमाको ४.९८, अन्यको ४.२६ र लघुवित्तको ४.०३ प्रतिशत बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.६७ प्रतिशत घटेको छ।

नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

सोमबार कारोबारमा आएका १७६ कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ। यस दिन सो कम्पनीको सात हजार ४६६ पटकको कारोबारमा १४ करोड ५३ लाख ३१ हजार रुपैयाँ बराबरको ३ लाख ३७ हजार २९३ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।