भेन्चर क्यापिटल, प्राइभेट इक्युटी र हेज फण्डको योजना सेलायो,अनुमति नलिनेलाई कारबाही गर्न बाेर्ड डरायो

Jul 09, 2020 06:44 PM Merolagani



सुवास निरौला

अर्थमन्त्री डा. युवराज खतिवडाले कुर्सी समालेपछि सार्वजनिक कार्यक्रमहरूमा जब पूँजी बजारकाे कुरा गर्थे,भेन्चर क्यापिटल, प्राइभेट इक्युटी र हेज फण्डका कुरा बारम्वार दाेहाे्रयाउने गर्थे।तरलता समस्याका कारण त्यति बेला उनी यस्ता विधि मार्फत पूँजी निर्माण गर्न सुझाउने गर्थे। 

तर यति बेला यो विषयले प्राथमिकता पाउन छाडेको छ। धेरै भयाे डा. खतिवडाले पनि यस बिषयमा उच्चारण गरेका छैनन् ।

अर्थमन्त्रीले बारम्बार त्याे समयमा बाेलेपछि मन्त्रालयले यो विषयलाई प्राथमिकतामा राखेकै कारण नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली,२०७५ जारी गरेको हाे। सोही नियमावली बमोजिम बोर्डमा उक्त कार्यको लागि ६ वटा निवेदन परे। तर, तिनीहरूले अझै स्वीकृति पाएका छैनन्। उनीहरूले कारोबार सुरु गर्नु अघि स्वीकृतिको लागि बुझाउनु पर्ने सबै कागजपत्र अझै नबुझाएका कारण प्रकृया अघि बढ्न नसकेको बोर्डको भनाई छ। केहीको भने कागज पत्र अध्ययन भइरहेको बोर्डले जनाएको छ।

तर नियमनको दायरमा नअाइ अझै पनि यस्तै प्रकृतिका ५० भन्दा बढी कम्पनी बजारमा चलेका छन्। बोर्ड स्रोतका अनुसार एउटै पनि ती कम्पनीको आवेदन परेको छैन। सबै जसो नयाँ कम्पनीको मात्रै आवेदन परेको छ। जबकि विशिष्टीकृत लगानी कोष नियमावली,२०७५को परिच्छेद -२ को दफा ३ मा कोष व्यवस्थापनको अनुमति लिनु पर्ने व्यवस्था छ।सोही दफाको १ मा 'कोषको स्थापना तथा सञ्चालन गर्न चाहने कोष व्यवस्थापकले बोर्डबाट कोष व्यवस्थापकको अनुमति लिनु पर्ने छ ।

तर यो नियमावली प्रारम्भ हुनु अघि नेपाल सरकारको स्वीकृति लिई वा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको कोष व्यवस्थापकको हकमा यो नियमावली प्रारम्भ भएको मितिले छ महिनाभित्र कोष व्यवस्थापकको अनुमति लिन निवेदन दिई सक्नु पर्ने छ'भनिएको छ । जस अनुसार नियमावली प्रारम्भ भएको छ महिना बितिसकेको छ।तर ती कम्पनीले बाेर्डमा दर्ता हुनै चाहेनन्।

 के हो 'प्राइभेट इक्वीटी फण्ड ?

नियमावलीले 'प्राइभेट इक्वीटी फण्ड 'भन्नाले कोषको उद्देश्य प्राप्तिकालागि सर्वप्रथम स्व: पूँजी वा स्व :पूँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारहरूको इच्छा बमोजिम लगानी गर्ने कोष सम्झनु पर्ने स्पष्टीकरण दिएको छ ।

यसै गरी 'भेन्चर क्यापिटल फन्ड 'भन्नाले धितोपत्र सूचीकरण नभएका र सञ्चालनको सुरुवाती क्रममा रहेका वा नयाँ बस्तु,सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न शेयर स्वामित्व पूँजीमा लगानी गर्ने कोषलाई सम्झनु पर्ने नियमावलीमा भनिएको छ । सामान्य भाषामा भन्दा भेञ्चर क्यापिटलले नयाँ नयाँ उद्योग तथा पूँजी आवश्यक पर्ने कम्पनीलाई पूँजी,परामर्श,व्यावसायिक सल्लाह तथा मार्गदर्शन दिने काम गर्छ।भेञ्चर क्यापिटलले यस्तो सेवा दिए बापत उक्त कम्पनीसँग केही प्रतिशत स्वामित्व लिन्छ। यसले गर्दा पूँजीको कारणले लगानी गर्न नसक्ने उद्यमीलाई पूँजी प्राप्त हुन्छ।

'हेज फन्ड ' तत्काल नआउने

'हेज फन्ड 'भन्नाले लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोष सम्झनु पर्ने नियमावलीमा उल्लेख छ ।

हेज फन्ड गर्ने नियमावलीले अधिकार दिएको भए पनि तत्कालै यो फन्ड सञ्चालन गर्न सक्ने अवस्था छैन । किनकि नियमावलीको दफा ३५ मा हेज फन्ड सञ्चालन सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थामा 'यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि हेज फन्ड सञ्चालन सम्बन्धमा बोर्डले निर्देशिका बनाई थप व्यवस्था गरी लागू गर्न सक्ने छ 'भनिएको छ । उक्त निर्देशिका लागू नभएसम्म हेज फन्ड सञ्चालनमा नआउने नियमावलीले स्पष्ट पारेको छ । सोही कारण हेज फन्ड तत्काल आउन सक्दैन । किनकि बोर्डले निर्देशिका तयार गर्दै गरेको अवस्था छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

भेन्चर क्यापिटल,प्राईभेट इक्युटी फन्ड र हेज फन्ड सबै सामूहिक लगानी कोष जस्तै हुन्छन् । यिनीहरू निश्चित अवधिका बन्दमुखी कोष हुन् । यो कोषले नवप्रवर्तन योजनामा लगानी गर्ने गर्छन् । जसले योजना भएका तर पूँजी नभएका सर्वसाधारणलाई उद्यम गर्न सहयोग गर्ने गर्छन् । जसले आर्थिक सबलीकरणमा टेवा पुर्याउछ । अमेरिकामा रहेका अमेजन, एप्पल, अमेरिका अनलाइन, फेसबुक, गुगल, याहु र नेटस्केपलगायत ब्रान्ड छन्, यी भेन्चर क्यापिटलमार्फत लगानी भएका हुन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।