लघुवित्तमा आकर्षण कायमै, ४ लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

Jul 13, 2020 03:46 PM Merolagani



साताको दोस्रो कारोबार दिन पनि लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा नै आकर्षित भएका देखिन्छन्। आइतबारजस्तै यस दिन पनि अन्य उपसमूहको परिसूचकहरुको तुलनामा लघुवित्त उपसमूहको सूचक सर्वाधिक बढेको छ।

आईतबार जस्तै सोमबार पनि सर्वाधिक शेयरमूल्य बढ्ने १० कम्पनीहरुको सूचीमा लघुवित्त कम्पनीहरुकै बाहुल्यता देखिएको छ। यस दिन ४ लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित्त, गुराँस लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो। यसका साथै यस दिन कारोबारमा आएको सानिमा बैंकको डिबेञ्चरको मूल्य पनि १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। यस दिन मिथिला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

सोमबार सर्वाधिक गुमाउनेमा भने ओरियण्टल होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको शेयरमूल्य यस दिन ६.१३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन घलेम्दी हाइड्रो र सिन्धु विकास बैंक लिमिटेडको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन नेप्से परिसूचक २.१२ अंक बढेर एक हजार ३४२.४० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८१ अंक बढेर २८२.२३ विन्दुमा पुगेको छ। यस दिन १८४ कम्पनीहरुको १५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब ८ करोड ८७ लाख १६ हजार रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर र नेपाल पुनर्बीमा कम्पनी अगाडि देखिएका छन्। यस दिन दुबै कम्पनीहरुको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको साढे ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। भने होटल उपसमूहको परिसूचक १.१२ प्रतिशत घटेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।