शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Jul 19, 2020 07:14 AM Merolagani

शिखर इन्स्योरेन्स (SICL) को ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन हो।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद निष्काशन खुला गरेको थियो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आईपीओ ग्रेड ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट माघ १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। यसअघि कम्पनीले गत चैत १३ गतेदेखि हकप्रद निष्काशन गर्न लागेकोमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण हकप्रद निष्काशन स्थगित भएको थियो।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।