पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’

Jul 22, 2020 07:29 PM Merolagani

हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तक सारंश प्रस्तुत गर्ने क्रममा आज हामी विश्व प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पोर ड्याड’ का लेखक रोबर्ट किओसाकीद्वारा लिखित पुस्तक ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ को पुस्तक सारंश लिएर उपस्थित भएका छौँ।

कसरी धनी बन्ने भन्ने विषयवस्तु यस पुस्तकमा समेटिएको छ। हाम्रो आर्थिक दृष्टिकोणमा के खराबी छ जसले गर्दा हामी धनी बन्न सकिरहेका छैनौँ भन्ने विषय यस पुस्तकमा प्रष्ट्याइएको छ। यसका साथै यस पुस्तकले पैसाका नयाँ नियमहरू पनि सिकाउँदछ। यसले तपाईको आर्थिक दृष्टिकोण पनि परिवर्तन गर्न सहयोग गर्नेछ भन्ने विश्वास गर्दछौँ। शुरु गरौँ पुस्तक सारंशको पहिलो भाग।

खेलको नाम हो क्यासफ्लो–ती १० प्रतिशत मानिसहरु भित्र पर्ने जसले बाँकी ९० प्रतिशतबाट क्यासफ्लो संकलन गर्छन्।

म्युचुअल फण्ड कम्पनीहरुले लगानीकर्ताको पैसा लिन्छन् र कानूनी रुपमा लुकेका शुल्कहरु र खर्चहरु मार्फत क्यासफ्लो निकाल्छन्। म्युचुअल फण्डहरु आर्थिक रुपमा औषत व्यक्तिहरुको लागि डिजाइन गरिएको डरलाग्दो लगानीको उपकरण हुन्।

पूँजीगत लाभको खेल खेल्ने मानिसहरु प्रायः उनीहरुको घरको मूल्य बढ्ने वा भनौँ शेयरबजार माथि जान्छ भन्ने आशामा लगानी गर्छन्। यद्यपि, केही व्यक्तिहरु जसले क्यासफ्लोको लागि लगानी गर्छन्, उनीहरु वास्तवमा बजार वा घरको मूल्य तलमाथि भएको वास्ता गर्दैनन्।

नेटवर्थमा यो समस्या छ कि, हामीले अहिले बजारमा जसरी बुझिरहेका छौँ, त्यो बेकार छ। नेटवर्थ अक्सर पूँजीगत लाभद्वारा मापन गरिन्छ। उदाहरणको लागि, यदि तपाईले १० लाख डलर बराबरको घर किन्नु भयो भने, प्राविधिक रुपमा त्यो तपाईको नेटवर्थको अंक हो। तर, यदि तपाईले यसलाई १० लाख डलरमा बेच्न सक्नुहुन्न र यसको सट्टा ५ लाख डलरमा बेच्नुपर्यो र तपाईको ऋण ७ लाख डलर छ भने तपाईको नेटवर्थ बेकार छ।

त्यसैले, लेखक नेटवर्थ प्रयोग गर्नुको सट्टा सम्पत्ती मापन गर्न क्यासफ्लो प्रयोग गर्दछन्। मेरो लगानीले हरेक महिनामा ल्याएको पैसा भनेको साँचो धन हो– भ्यालुसम्बन्धी केही बुझिएका धारणा साँचो हुन पनि सक्छन्, नहुन पनि सक्छन्।

राम्रो क्यासफ्लो रणनीतिहरुले निष्क्रिय आय प्रदान गर्दछ, जसमा थोरैभन्दा थोरै कर लाग्दछ र तपाईले त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ। औषत क्यासफ्लो रणनीतिहरुले निष्क्रिय आय प्रदान गर्दछ जसमा सबैभन्दा बढी कर लाग्छ र त्यसमा तपाईको न्यून वा भनौँ शून्य नियन्त्रण हुन्छ।

औषत क्यासफ्लो रणनीतिका केही उदाहरणहरुः बचत (सेभिङ्ग), स्टक एन्यूटीज।

वित्तीय योजनाकार र शेयर ब्रोकरहरु स्टक मार्केट हरेक वर्ष ८ प्रतिशत माथि जान्छ। उनीहरु तपाईको खल्तीमा रहेको क्यासफ्लो आफ्नो खल्तीमा आकर्षित गर्न पूँजीगत लाभको प्रलोभन दिन्छन्। रियल स्टेट एजेन्टहरुले पनि त्यस्तै बिक्री रणनीति अपनाउँछन्। उनीहरु प्रायः भन्छन्, ‘मूल्य बढ्नु अघि यो खरिद गर्नु राम्रो हुन्छ।’

मूल्य बढ्नुभन्दा अघि खरिद गर्ने विचार भनेको पूँजीगत लाभको अपेक्षामा खरिद गर्नु हो। फेरि पनि तपाईको क्यासफ्लो पाउन बिक्रेताले पूँजीगत लाभको प्रलोभन दिन्छन्। त्यही नै खेल हो। जब तपाई कुनै सम्झौतामा हस्ताक्षर गर्नुहुन्छ, पैसा तपाईबाट उनीहरुमा जान्छ।

लेखक म्युचुअल फण्ड अवधारणको विरोध गर्छन्। लेखक, तथापि, म्युचुअल फण्डको उच्च शुल्क र लुकेका खर्चहरुको विरुद्ध छन् जसले लगानीकर्ता र उनीहरुको पैसा लुट्छन्। त्योभन्दा नि पहिले, त्यहाँ हजारौँ म्युचुअल फण्डहरु छन् तर ३० प्रतिशतभन्दा कमले मात्र एसएण्डपी ५०० लाई जितेका छन्। अर्को शब्दमा भन्दा, तपाईले गर्नु पर्ने भनेको एसएण्डपी इण्डेक्स फण्डमा लगानी गर्नु हो र तपाईले ७० प्रतिशत म्युचुअल फण्डहरुलाई हराउनु हुनेछ, त्यो पनि थोरै पैसा र उच्च प्रतिफलका साथ।

‘दीर्घकालीन’ शब्द प्रयोग गर्नुभन्दा, परिष्कृत लगानीकर्ताहरु ‘एक्जीट स्ट्राटेजी’ शब्द प्रयोग गर्छन्। एक स्मार्ट लगानीकर्तालाई कति समयको लागि होल्ड गर्ने भन्ने महत्वपूर्ण होइन भन्ने थाहा हुन्छ। आफुले गरेको लगानीले कसरी आफ्नो सम्पत्ती बढाउन सक्छ भन्ने योजना बनाउनु महत्वपूर्ण हो।

वारेन बफेट भन्छन्, ‘डाइभर्सीफिकेशन अज्ञान विरुद्धको संरक्षण हो। आफुले के गरीरहेको छ भन्ने थाहा भएको मान्छेलले सजिलै बुझ्न सक्छन्।

लगानीका चार आधारभूत वर्गहरु छन्। ती हुन्ः

१) व्यवसाय (बिजनेस): धनी मानिसहरुको अनेक व्यवसाय गर्छन् जसले उनीहरुलाई निष्क्रिय आय दिइरहन्छ, जबकि औषत मानिससँग कमाइएको पैसा दिने धेरै जागिरहरु हुन्छन्।

२) आम्दानी बढाउने लगानी रियल स्टेटः यी त्यस्ता सम्पत्ती हुन् जसले हरेक महिना भाडाका रुपमा निष्क्रिय आम्दानी दिइरहन्छ। वित्तीय योजनाकारले सम्पत्ती हो भनेपनि तपाईको घर अथवा भ्याकेसन घर यसमा पर्दैन।

३) पेपर एसेट्सः स्टक, बण्ड, सेभिङ्गस्, एन्यूटीज, इन्स्योरेन्स र म्युचुअल फण्डः अधिकांश औषत लगानीकर्ताहरुसँग पेपर एसेट्स हुन्छ किनभने तिनीहरु खरिद गर्न सजिलो छ, थोरै समय दिए पुग्छ र तरल हुन्छन् अर्थात तिनीहरु सजिलै बिक्री गर्न सकिन्छ।

४) कमोडिटिजः गोल्ड, सिल्भर, आयल, प्लाटिनम, आदिः अधिकांश औषत लगानीकर्ताहरु कमोडिटिज कहाँ र कसरी खरिद गर्ने भन्ने थाहा हुँदैन। धेरैजसो अवस्थामा उनीहरुलाई भौतिक सुन र चाँदी कहाँ र कसरी खरिद गर्ने भन्ने पनि थाहा हुँदैन।

एक परिष्कृत लगानीकर्ताले यी चारवर्ट वर्गहरुमा लगानी गर्दछ। यो नै वास्तविक विविधिकरण (डाइभर्सीफिकेसन) हो।

डा. फुल्लर भन्छन्, ‘मानिसहरुले आविष्कार गरेको सबैभन्दा शक्तिशाली हतियार शब्द हो।’

साधारण कुरालाई जटिल बनाएर, जब पैसाको कुरा आउँछ वित्तीय जगत बौद्धिक र आफ मूर्ख महसुस गराउँदछ। जब तपाई मूर्ख महसुस गर्नुहुन्छ, तब तपाईको पैसा तान्न सजिलो हुन्छ।

विस्तृत रुपमा भन्नु पर्दा डेरिभेटिभ भनेको त्यस्तो वस्तु हो जसबाट अर्को वस्तु बनाउन सकिन्छ। उदाहरणको लागि अरेञ्ज जुस अरेञ्जको डेरिभेटिभ हो।

वित्तीय डेरिभेटिभको परिभाषा एक अन्तरनिहित भ्यारिएबल एसेट्सबाट भ्यालु पाउनु हो। उदाहरणको लागि, एक साधारण स्टकको एक शेयर विद्यमान कम्पनीको डेरिभेटिभ हो। सामान्य भाषामा भन्नुपर्दा, जब तपाई कुनै कम्पनीको शेयर खरिद गर्नुहुन्छ, तपाई त्यस कम्पनीको डेरिभेटिभ खरिद गर्नुहुन्छ। र जब तपाई कुनै म्युचुअल फण्डको शेयर खरिद गर्नुहुन्छ, तब तपाई त्यो फण्डको डेरिभेटिभ खरिद गर्नुहुन्छ, जुन स्टकको डेरिभेटिभ हो अर्थात तपाईले डेरिभेटिभको डेरिभेटिभ खरिद गर्नुहुन्छ।

डेरिभेटिभहरु सामूहिक वित्तीय निर्माणको लागि उपकरणहरु पनि हुन्।

सन् १९७१ अघि, डलरको डेरिभेटिभ गोल्ड थियो। १९७१ पछि, डलर ऋण (डेब्ट) को डेरिभेटिभ बन्यो। (डेब्ट, एक आईओयू जसलाई यू.एस बण्ड र टि–बिल्स, जसलाई यू.एस.का करदाताहरुले तिर्ने बाचा गरेका थिए)

आफ्नै पैसा छाप्नुहोस्ः

डेरिभेटिभ सिर्जना गर्नु भनेको सुन्तलाबाट रस निकाल्ने जत्तिकै सरल छ। वित्तीय डेरिभेटिभको परिभाषालाई सरलीकरण गरी र बुझी, तपाईले सजिलै त्यस शब्दको शक्तिमा ट्याप गर्न सक्नुहुन्छ।
हामी सबैले सामान्य डेरिभेटिभ सिर्जना गर्न सक्छौँ। हामी सामान्य कुराबाट पनि पैसा बनाउन सक्छौँ–हाम्रो सोँचको डेरिभेटिभबाट। हामी सबैसँग आफ्नै पैसा छाप्न सक्ने शक्ति छ, यदि हामीले हाम्रो दिमागलाई डेरिभेटिभको दृष्टिकोणबाट सोच्ने तालिम दियौँ भने। अर्को शब्दमा भन्दा, पैसा वित्तीय ज्ञानको डेरिभेटिभ हो।

लेखक भन्छन्,

म पैसा बचत गर्दिन किनकि म ऋण लिने मान्छे हुँ, बचतकर्ता होइन। मलाई ऋण मनपर्छ, जबसम्म त्यो ऋण अरुले तिर्नेछन्। म त्यो गर्छु, जुन काम बैंकहरुले गर्छन्। उदाहरणको लागि, म बैंकबाट १० प्रतिशत ब्याजदरमा १० लाख डलर ऋण लिन्छु र अपार्टमेन्ट कम्प्लेक्स खरिद गर्छु। म मेरा डेरावालसँग मैले १० प्रतिशत ब्याजदरमा लिएको १० लाख डलरको कम्तीमा २० प्रतिशत तिराउँछु।

म मेरो यो पुस्तक प्रकाशनको लाइसेन्स संसारभरीका ५० भन्दा बढी छापाखानालाई बिक्री गर्छु। उनीहरुले मसँग लाइसेन्स लिन्छन् र किताब छाप्छन्, अर्को डेरिभेटिभ, र त्यसलाई आफ्नो मुलुकका किताबपसलहरुमा पु¥याउँछन्। त्रैमासमा एक पटक, म यी ५० भन्दा बढी छापाखानाबाट रोयाल्टी लिन्छु। रोयाल्टी पुस्तकको डेरिभेटिभ हो, पुस्तक लाइसेन्सको डेरिभेटिभ हो, लाईसेन्स पुस्तकको डेरिभेटिभ हो र पुस्तक मेरो डेरिभेटिभ हो।

हामीले डेरिभेटिभ, क्यासफ्लो, क्याप दर र मिटिगेट जस्ता शब्दहरु बुझ्न र त्यसको उचित प्रयोग गर्न जान्नु पर्दछ।

रिच ड्याड कहिले पनि गरिबले जस्तो नसोच्न, नहेर्न र कार्य नगर्न सुझाव दिन्छन्। उनी जहिले ‘संसारले तपाईले त्यही व्यवहार गर्छ जस्तो व्यवहार तपाई आफुले आफुलाई गर्नुहुन्छ’ भन्ने कुरा सम्झाउँछन्।

यदी तपाईसँग तपाईले चाहनुभएको वस्तु खरिद गर्न पैसा छैन भने, तपाई त्यसलाई कसरी प्राप्त गर्ने भन्ने विषयमा विचार गर्नुहोस्। बैंक खातामा भएको पैसाले आफ्नो जीवनको सीमा निर्धारण गर्न नदिनुहोस्। क्रमशः

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।