नेप्से १.५४ प्रतिशत बढ्यो, करिब २ अर्बको शेयर कारोबार

Jul 26, 2020 03:26 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १.५४ प्रतिशत अर्थात २२.१७ अंक बढेर एक हजार ४६४.८८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९९ अंक, फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक बढेको छ।

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। यस दिन १९० कम्पनीहरुको ३२ हजार ६२५ पटकको कारोबारमा १ अर्ब ९२ करोड ५१ लाख ७ हजार रुपैयाँ बराबरको ४४ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। पूँजीबजार मैत्री मौद्रिक नीतिका कारण गत सातादेखि लगानीकर्ताहरुको मनोबल बढेको छ। फलस्वरुप बजार र कारोबार रकममा दैनिक सुधार भइरहेको छ। 

मिर्मिरे र तारागाउँको शेयरमूल्यमा सकारात्मक सर्किट

यस दिन कारोबारमा आएको मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ६८ रुपैयाँ बढेर ७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। एक्विजीशनका कारण लामो समय कारोबार रोक्का रहेको यस लघुवित्तको शेयर कारोबार गत सातादेखि खुला भएको थियो। सोही कारण यस लघुवित्तमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्यमा पनि यस दिन सकारात्मक सर्किट लागेकाे छ। त्यसैगरी, जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार बेष्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य भने ४ प्रतिशतभन्दा कम दरमा घटेको छ।

नेपाल लाइफको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो इन्स्योरेन्सको यस दिन २५ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार ७९९ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१० उपसमूहको परिसूचक हरियो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हाइड्रोपावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन घटेको हो।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।