नयाँ रेकर्ड कायम गरिरहे पनि सुनको मूल्यले अझै शिखर चुमेको छैन

Jul 28, 2020 06:54 PM Merolagani

पछिल्लो समय सुनको मूल्य उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । मूल्य बढेर ऐतिहासिक रेकर्ड कायम गरेसँगै सुन बजारले फेरि एकपटक विश्वको ध्यानाकर्षण गराएको छ । तर धेरै मानिसहरूको मनमा यो प्रश्न रहेको छ कि, बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य आफ्नो उच्चतम स्तरमा पुगिसकेको हो त ? 

एफएक्सटीएमका मुख्य बजार रणनीतिकार हुसैन सईद भन्छन्, कम ब्याजदर र कमजोर अमेरिकी डलरको परिणामस्वरुप सुनको मूल्य नयाँ स्तरमा पुगेको हो । यि दुई कारक तत्व नै हुन्, जसले हालको स्तरमा रहेको सुनको मूल्य अझै बढ्नमा सहयोग गर्नेछ ।

यद्यपी यता पछिल्लो समय अमेरिकी डलर उच्च रुपमा घट्दो क्रममा रहेको छ । अमेरिकी डलरले विश्व बजारमा आफ्नो ‘किङ स्टाटस’ अर्थात् राजाको स्थान गुमाएको प्रतित भइरहेको छ । अमेरिकी डलर इन्डेक्स दुई वर्षको सबैभन्दा तल्लो स्तरमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारिरहेको समयमा पनि विश्व बजारका लगानीकर्ताहरू सुरक्षित लगानीको क्षेत्रका रुपमा सुनतर्फ आकर्षित हुदाँ मूल्यमा उच्चतम बढोत्तरी भएको हो ।

यसैगरी, पछिल्लो समय अमेरिका–चीनका बीच बिग्रदै गएको सम्बन्धले पनि सुनलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको बताइएको छ । सुनको मूल्य बढ्नुको मुख्य कारण विश्वका दुई ठूला अर्थव्यवस्था भएका देश अमेरिका–चीन बीचको सम्बन्ध विग्रदैँ जानुलाई मानिएको छ ।

सुनले रेकर्ड कायम गरेर हालसम्मकै उच्च स्तरमा पुगेको छ, सईदले भने, मुद्रास्फीतिका लागि समायोजित मूल्य अझै पनि रेकर्ड नजिक पुगिसकेको छैन। मुद्रास्फीतिका लागि समायोजित मूल्यका आधारमा हेर्दा हालसम्म पनि सन् १९८० को सुनको मूल्य ८३५ डलरले नै रेकर्ड कायम गरिरहेको छ । उक्त समयमा मुद्रास्फीति दोहोरो अंकको हाराहारीमा रहेको थियो ।

सईदले भने, सुनको मूल्य कहाँसम्म जान्छ भन्ने कुरा मुद्रास्फीतिको बर्चस्व कहिलेसम्म कायम रहन्छ भन्ने कुराले निर्धारण गर्दछ । बेलायतको फर्मले सुनको मूल्य प्रतिअउन्स २ हजार डलर पुग्ने सम्भावना रहेको बताएको छ । पछिल्लो समय सुनको मूल्य प्रतिअउन्स एक हजार ९८० डलरसम्म पुगिसकेको छ । यद्यपी उक्त मूल्य घट्ने र बढ्ने क्रममा भने रहेको छ ।

मुद्रास्फीति कोभिड–१९ पहिलेको अवस्थामा फर्किने अपेक्षासँगै फेडले कहिलेसम्म रोजगार जनादेशलाई समर्थन गर्नका लागि मुद्रास्फीतिलाई लक्ष्यभन्दा माथि राख्नसक्छ भन्ने कुरा रहन्छ । जति लामो समयसम्म ब्याजदर कम राखिन्छ र उच्च मुद्रास्फीतिको अपेक्षा जारी रहन्छ, सुनले अधिक लाभ कमाउदै जानेछ र यस्तो कायम रहिरनेछ ।

सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोरोना महामारीले विश्व अर्थ व्यवस्थालाई मन्दीतर्फ लग्यो । यसले विश्वभरका देशको अर्थतन्त्रमा प्रभाव पार्याे । योसँगै लगानीका अन्य क्षेत्रहरू जोखिमपूर्ण भएका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको क्षेत्रका रुपमा सुनतर्फ आकर्षित हुदाँ मूल्यमा अत्याधिक वृद्धि हुन पुग्यो । लगानीकर्ताहरूले छोटो समयमा नै आफ्नो अधिक पैसा सुनमा लगाए । यो वर्ष सुरु भएपछि हालसम्म सुनको मूल्य ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।

यसैगरी, पछिल्लो केही दिनदेखि लगातार मूल्य बढिरहेको सुनले सोमबार र मंगलबार ऐतिहासिक रेकर्ड कायम गर्याे । विश्व अर्थव्यवस्था मन्दीतर्फ गइरहेका बेला सुन सुरक्षित लगानीको क्षेत्र भएकाले लगानीकर्ताहरू यता मोडिएकाले सुनको मूल्य अत्याधिक रुपमा बढेको विश्लेषकहरुको भनाइ छ । विश्वका अधिकांश देशहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका कारण लगानीकर्ताहरू शेयर बजार लगायतका अन्य क्षेत्रको स्वस्थताका बारेमा अनिश्चित हुदाँ अझै पनि सुन तर्फको लगानी बढ्ने छ, जसले गर्दा सुनको मूल्यले अझै उचाई छुनसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।