सातामा साढे ३ अंक घट्यो नेप्से, ८ अर्बको कारोबार

Jul 31, 2020 02:26 PM Merolagani



गत साता करिब ४८ अंक बढेर बन्द भएको नेप्से परिसूचक यस साता भने घटेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन ओरालो लागेको नेप्से, यस साता ३.५५ अंक घटेर बन्द भएको छ।

गत साताको अन्तिम कारोबार दिन एक हजार ४४२.६१ विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता ०.२५ प्रतिशत घटेर एक हजार ४ सय ३९.०६ विन्दुमा ओर्लिएको छ। यस साता सेन्सेटिभ इण्डेक्स ०.९७ प्रतिशत अर्थात २.९५ अंक घटेर ३००.९५ विन्दुमा झरेको छ।

नेप्से परिसूचक घटेपनि गत साताको तुलनामा यस साता कारोबार रकम भने बढेको छ। गत साता साढे ५ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता ८ अर्ब बराबरको शेयर कारोबार भएको छ। यो गत साताको तुलनामा ५.६० प्रतिशत बढी हो।

बजार पूँजीकरण भने गत साताको तुलनामा ०.२३ प्रतिशत अर्थात ४ अर्ब ४३ करोड रुपैयाँ घटेको छ।

कारोबारमा आएको मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ४४.५७ प्रतिशत बढेको छ। दिव्यश्वरी हाइड्रोपावर र यूनियन हाइड्रोपावरको शेयरमूल्य यस साता २० प्रतिशतभन्दा बढी बढेको छ।

यस साता घाेडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ११.३ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता जनउत्थान सामुदायिक र स्पर्श लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस साता नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस साता २० हजार ३०९ पटकको कारोबारमा ८३ करोड ८१ लाख रुपैयाँ बराबरको १४ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत घटेको छ।

यस साता ५ कम्पनीको कुल ४ करोड ५० लाख १४ हजार ६८६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।


बजार पूँजीकरणका आधारमा यस साता नेपाल दूरसञ्चारको शीर्ष स्थानमा रहेको छ भने नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

साताको फ्लोरसिट एनालाइसिस गर्दा यस साताको मोस्ट पपुलर बाई स्टक युनाइटेड मोदी हाइड्रोपावर रहेको छ। त्यसैगरी, लक्ष्मी बैंक, पाँचथर पावर कम्पनी, गुराँस लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंक पनि यस साताको मोस्ट पपुलर बाई स्टकमा परेका छन्।

यस साताको मोस्ट पपुलर सेल स्टकमा भने कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण काबेली पावर, ग्रीन डेभलपमेन्ट, विजय लघुवित्त र पोखरा फाइनान्स लगायतका कम्पनीहरु परेका छन्।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।