नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

Aug 03, 2020 10:59 AM Merolagani

नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन हाे। लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपालले बिक्रीमा ल्याएको नागरिक लगानी कोषको संस्थापक शेयरको बिक्री सोमबारबाट बन्द हुने भएको हो।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामी शेयर खरिदको लागि नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।