आर्थिक रिकभरीमा भइरहेको ढिलाईको कारण के? डर कि लकडाउन?

Aug 04, 2020 07:57 PM BBC

कारोनाभाइरस महामारीसँगै धेरै मुलुकहरुमा आर्थिक गतिविधिमा तीव्र गिरावट आएको छ। केही मानिसहरुले यस महामारीको फैलावट र यसबाट हुने मृत्युलाई नियन्त्रण गर्न लागु गरिएका लकडाउनहरुलाई यसको कारण मानेका छन्।

वास्तवमा, यस खेलमा दुई शक्तिहरु छन्।

एक, सरकारी नीति नियम र दोस्रो व्यक्ति र व्यवसायले आफ्नो इच्छाले चालेका कदमहरु।

यदि तपाई रिकभरी कति चाँडो हुन्छ भन्ने थाहा पाउन चाहनुहुन्छ भने, तपाईले यिनीहरुको सीमा बुझ्नु पर्नेछ।

सरकारी नीति नियमको हकमा, एक पटक सरकारले लकडाउन खुला गरेसँगै यसको काम सकिन्छ।

तर, व्यक्तिको छनौट र व्यवहारमा आएको परिवर्तनलाई उल्ट्याउन निकै समय लाग्दछ।

कन्जुमर बाउन्स ब्याक?

त्यसको लागि वास्तवमै संक्रमणको जोखिममा सुधार गर्न आवश्यक छ। उपभोक्ता,कामदार र कर्मचारीहरु पनि सो सुधारप्रति विश्वस्त हुन जरुरी छ।

महामारीभन्दा पहिललेको जस्तो जीवनमा फर्कन हिचकिचाइएको प्रशस्त सर्वेक्षणका प्रमाणहरु छन्।
आईपीएसओएस मोरीका अनुसार अधिकांश ब्रीटोनहरु अझै पनि सार्वजनिक शौचालय वा सार्वजनिक यातायातको प्रयोग गर्ने, बार तथा रेष्टुराँमा जाने, ठूला सभा समारोहमा सहभागिता जनाउने जस्ता गतिविधिहरुमा संलग्न हुन असहज मान्छन्।

यसका कारण केही स्थानहरु जुन पुनः खुल्ला गर्न सकिन्छ, उनीहरु नखोल्ने निर्णयमा छन्। किनभने उपभोक्ताहरु फर्किएपनि जुन प्रतिबन्धहरुसहित सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसले गर्दा नाफा कमाउन गाह्रो हुन्छ।

उपभोक्ताहरुले खर्च गर्ने निश्चित रकमलाई सामाजिक उपभोग भनिन्छ, जहाँ क्रेताहरु एक अर्कासँग नजिक हुन्छन्, उदाहरणको लागि बाहिर खाने, मनोरञ्जन गर्ने र यात्रा गर्ने।

जब भाइरस फैलिन थाल्यो, तब ती गतिविधिहरुले मानिसहरुको लागि संक्रमणको जोखिम बढाउन थाल्यो।

अक्सफर्डका अर्थशास्त्री सिमोन रेन लुइस, जसले महामारीको सम्भावित असरलाई एक दशकभन्दा अगाडिदेखि हेरीरहेका छन्, भन्छन्, ‘ती क्षेत्रहरुले उपभोक्ताको खर्चको एक तिहाई ओगटेको छ’।
प्रतिबन्धहरु कम भएसँगै सामाजिक उपभोगहरु पहिलेकै अवस्थामा फर्केको यहाँ पर्याप्त कथित रिपोर्टहरु छन्।

घट्दो केस

तर, के यो उपायहरु सहज भएकोले मात्रै हो?

धेरै मुलुकहरुले प्रतिबन्धहरु खुकुलो बनाउनुको कारण केसहरुको संख्या, अस्पतालमा भर्ना हुनेको संख्या र मृत्युमा आएको कमी हो।

केही मानिसहरुले तुलनात्मक रुपमा अहिले बाहिर निस्कन सुरक्षित भएको निचोड निकालिसकेका छन्। त्यसैले, आर्थिक गतिविधिहरुले गति लिन थालेको त्यो एक कारण हुनसक्छ।

केही अर्थशास्त्रैहरुले ती दुई तत्वहरुलाई विच्छेदन गर्ने प्रयास गरेका छन्।

यी दुई बीचको सन्तुलनका बारेमा केही उल्लेखनीय फरक निष्कर्ष छन्।

लगानी बैंक गोल्डम्यान स्याक्समा गरिएको एक सर्वेक्षणले कडा लकडाउन विधि र आर्थिक गतिविधिमा त्यसको असरबीको सम्बन्धलाई हेरेको छ।

कडा लकडाउनको उपायहरुले तीव्र आर्थिक गिरावटसँगको सम्बन्धलाई प्रमाणसहित दर्शाएको छ, यद्यपि उक्त अनुसन्धानले यस योगदानलाई संक्रमणको दरबाट अलग गर्न सकेन।

अमेरिकामा क्यालिफोर्निया र सिकागोको युनिभर्सिटी अफ टेक्ससको एक समूहले यसको मुख्य कारण लकडाउनलाई मानेको छ।

संक्रमण दर

उनीहरुले विभिन्न घरेलु सर्वेक्षणबाट निकालिएको तथ्याङ्क प्रयोग गरेका थिए। सो सर्वेक्षणमा उनीहरुले जनावरी र अप्रिलको बीच एक अमेरिकी घरको खर्च औषतमा १ हजार डलर घटेको पाएका थिए।

उनीहरुले देखे कि लकडाउनका कारण रोजगारीमा ६० प्रतिशत गिरावट आएको र लकडाउन भएका क्षेत्रहरुको घरहरुको खर्च अन्य क्षेत्रका घरहरुको खर्चभन्दा ३१ प्रतिशत कम रहेको छ।

त्यसैले उनीहरुले ‘संक्रमणको डरका कारण भन्दा पनि लकडाउनका कारण रोजगारी र खर्चमा कमी आएको’ निष्कर्ष निकाले।

तर, अन्य दृष्टिकोणबाट सर्वेक्षण गरिरहेकाहरुले त्योभन्दा भिन्न नतिजा निकालेका छन्।

सिकागो विश्वविद्यालयका दुई अर्थशास्त्रीहरुले २० लाखभन्दा बढी व्यवसायहरुका लागि ग्राहकहरुको मोबाइल फोन डाटा हेरे।

विभिन्न राज्य र केही निकायहरुले लगाएको फरक फरक प्रतिबन्धको तथ्यले ती नियमहरुको कारणले कति गिरावट आयो भन्ने अनुमान गर्ने तरिका सिकाएको छ।

डेनमार्क र स्वीडेन

ती व्यवसायहरुमा समग्रमा ग्राहकहरुको ट्राफिक ६० प्रतिशत घटेको छ।

तर, त्यसको ९ भागमध्ये १ भागभन्दा अलि बढी कानूनी प्रतिबन्धहरुका कारण त्यस्तो भएको विश्लेषणले सुझाएको छ। उनीहरुले यो पनि पत्ता लगाए कि गिरावटको दर त्यस क्षेत्रमा कोरोना भाइरसका कारण मृत्यु भएकोको संख्यासँग जोडिएको छ।

समग्रमा उनीहरुको निष्कर्षः ‘व्यक्तिगत छनौटहरु निकै महत्वपूर्ण थिए र त्यसलाई संक्रमणको डरले बाँधेको देखिन्छ।’ 

कोपमहेगन विश्वविद्यालयका अन्यले डेनमार्क र स्वीडेन बीच तुलना गर्नका लागि बैंकिङ्ग कारोबारको डाटा प्रयोग गरे। उनीहरुले लकडाउनको प्रारम्भमा र महामारीको बेला उस्ताउस्तै प्रतिक्रिया जनाएको पाए।

उनीहरुले स्वीडेनमा खर्च २५ प्रतिशत घटेको र डेनमार्कमा २९ प्रतिशत घटेको अनुमान लगाए।

‘यसको तात्पर्य यो हो कि अधिकांश आर्थिक संकुचन भाइरसको कारण नै भएको हो, चाहे त्यो सरकारले दिएको सामाजिक दूरी कायम गर्ने आदेश पालन गरिएको होस् या नहोस्,’ उनीहरुले लेखे।

सबै भन्छन्, स्वीडेन ती केही विकसित देशहरुमध्ये एक हो जसले २०२० को पहिलो त्रैमासमा केही आर्थिक वृद्धि हासिल गर्न सफल भए, चाहे त्यो ०.१ प्रतिशत मात्र किन नहोस्। सो अवधिमा डेनमार्कको अर्थव्यवस्था २.१ प्रतिशतले खुम्चियो।

भिन्नताहरुको बावजुत यी अध्ययनहरुले दुबै, नियम र व्यक्तिगत छनौटहरुले प्रत्यक्ष प्रभाव पारेको कुरालाई संकेत गर्दछ।

स्वीडेन–डेनमार्कको अध्ययनलाई हेर्ने हो भने, डेनमार्कमा पनि लकडाउनका कारण खर्चमा आएको चार प्रतिशत विन्दुको अतिरिक्त गिरावटलाई पर्याप्त गिरावटको रुपमा हेरिनेछ।

धेरै डाटाहरु आएसँगै सायद हामी नयाँ स्पष्ट तस्वीर देख्ने सक्नेछौँ, र सम्भवतः रिकभरीको विभिन्न प्यार्टनहरु पनि।

अहिलेसम्म यो स्पष्ट छ कि डर र लकडाउन दुबै कारणले निस्सन्देह आर्थिक क्षतिको लागि योगदान दिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।