शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Aug 05, 2020 06:03 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको ८७ हजार ४१२.८० कित्ता अवितरित हकप्रद शेयरमा आज (साउन २१ गते) देखि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। निष्काशित कुल शेयरमध्ये ३० लाख ८४ हजार ५१९.२० कित्ता शेयर इन्स्योरेन्सले गत साउन १२ गते बाँडफाँट गरेको थियो।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक बागलुङबाट आवेदन दिन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।