अमेजन, फेसबुक र एप्पललाई लकडाउनमा फलिफाप

Aug 05, 2020 01:48 PM Merolagani

कोरोना महामारीका कारण विश्वकै अर्थतन्त्र उथलपुथल भइरहेको अवस्थामा केहि टेक (प्रविधि) कम्पनीहरु भने फस्टाएका छन्। अमेजन कम्पनीको पछिल्लो तीन महिनामा ४० प्रतिशतले बिक्री बढेको छ। त्यस्तै, एप्पलको आइफोन तथा अन्य हार्डवेयरको खरिदमा पनि वृद्धि भएको छ भने फेसबुक (इन्स्टाग्राम र ह्वाट्सएपसहित) चलाउनेको दर पनि १५ प्रतिशतले बढेको छ।

कम्पनीलाई आफ्नो आकार र क्षमताका आधारमा सो नाफा मिल्ने गरेको हो। कोरोना महामारीका बीच अनलाईनका माध्यमबाट धेरै गतिविधिहरु बढ्दा उनीहरुको स्थान अझै बलियो हुनसक्ने विश्लेषण पनि गरिएको छ। कोरोना भाइरस महामारीभन्दा पहिले नै यी कम्पनीहरु अर्थतन्त्रको खम्बा बनेको तर, कोभिड १९ को परिणाम स्वरुप यी कम्पनीहरू थप शक्तिशाली भएको एक अमेरिकी सासंदको भनाई छ। विश्लेषकका लागि कम्पनीहरुकाे नाफा आश्चर्य नभएतापनि कम्पनीकाे प्रगति राम्रो रहेको छ।

अमेजनकाे त्रैमासिक नाफा ५.२ बिलियन डलर रहेको छ जुन हालसम्मकै उच्च त्रैमासिक नाफा हाे। कोभिड १९ बाट बच्न प्रयाेग हुने सुरक्षात्मक उपायहरुमा निकै खर्च गरेतापनि १९९४ देखिकै सबैभन्दा नाफामुलक अवस्थामा कम्पनी रहेको छ, जसलाई असाधारण पनि मानिएको छ।

नतिजा कस्तो थियो?

यस ई-कमर्स कम्पनीको बिक्री तीन महिना अर्थात जुन ३० को अन्त्यसम्ममा ४० प्रतिशतले बढेर ८८.९ बिलियन डलर रहेको छ। यो सबैभन्दा धेरै वार्षिक वृद्धिदर हाे। २०१९ को यसै अवधिमा नाफा २.६ बिलियन डलर रहेकोमा हाल बढेर ५.२ बिलियन डर पुगेको हो ।

अनलाईन शपिङमा मानिसको लगाव बढेपछि यस्ता कम्पनीहरुको सेवा क्षमतामा दबाब पुगेकाे बताइएको छ। अमेजनले साे त्रैमासमा एक लाख ७५ हजार कर्मचारी थपेकाे छ भने माग उच्च भएका कारण आफ्नो स्टोर पनि विस्तार गर्ने सोचाइमा रहेको छ।

यसैगरी, एप्पलले त्रैमासिक आम्दानी ११ प्रतिशतले बढेर ५९.७ बिलियन डलर पुगेको बताएकाे छ। घरबाट नै काम तथा विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बाध्यताका कारण नयाँ म्याक तथा आइप्याड लगायतका उपकरणहरुको माग बढेको छ। एप्पलको नाफा ११.२५ बिलियन डलर पुगेको छ जब कि अघिल्लो वर्षको सोहि अवधिमा १० लिलियन डलर कम्पनीले नाफा कमाएको थियो। कोरोना भाइरस संक्रमणको अर्थतन्त्रमा जोखिमका बाबजुत पनि कम्पनीले आईफोन एसई लन्च गरेका कारण कम्पनीको बिक्री तथा इलेक्ट्रोनिक्सलाई थप सुदृढ बनाउन सहयोग गरेको छ।

यस्तै फेसबुकको पनि आम्दानी ११ प्रतिशतले बढेको छ । यद्यपी अन्य त्रैमास भन्दा यो समय नाफा सुस्ताएपनि विश्लेषकहरुको आशाभन्दा याे धेरै रहेको छ। साना व्यवसायहरु पनि विज्ञापनका लागि फेसबुकतर्फ आकर्षित भएका कारण पनि कम्पनीले करिब ५.२ बिलियन डलर नाफा कमाउन सफल भएको छ। यस लचिलोपनलाई प्रयाेगकर्ताहरुले बढावा दिएसँगै विज्ञापनदातालाई कम्पनीमा आकर्षण बनेको हो। फेसबुकका अनुसार सामान्यतया जून महिनामा २.४ बिलियन मानिसहरु सामाजिक संजाल तथा मेसेजिंगका एप्सहरुमा सक्रिय रहेका थिए जुन गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो। यसमा अन्य समयमा पनि फेसबुक प्रयाेग गर्ने करिब १.७९ बिलियन मानिस समावेश भएपनि अन्य वर्षकाे तुलनामा प्रयाेगकर्ता १२ प्रतिशतले बढेका छन्।

तर, लकडाउन खुकुलो भएसँगै फेसबुकले प्रयोगकर्ताको वृद्धि र संलग्नता सामान्य अवस्थातर्फ बढेको संकेत देखिएको बताएको छ। आउँदो महिनामा यस तथ्यांकमा कमी आउने पनि फेसबुकले चेतावनी दिएको छ। फेसबुक सामाजिक र राजनैतिक दबावको चपेटामा रहेकाले प्रयोगकर्ता फेरी टाढा धकेलिन सक्ने विश्लेषण गरिएको छ यद्यपी फेसबुकमा निरन्तरताको गति रोकिनु पहिलो पटक नहुने र फेसबुकसँग समस्याको समाधान गर्ने क्षमता रहेको पनि विश्लेषकले बताएका छन्।

चार टेक जायन्टमध्ये अल्फाबेट कम्पनी (गुगल र युट्युबको मालिक) लकडाउन अवधिमा नाफाका आधारमा सबैभन्दा कमजोर देखिएको छ।

सर्च जायन्ट कम्पनीले ३८.३ बिलियन डलर आम्दानी गरेकाे छ जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले कम हो। विज्ञापन खर्चमा कमी आएकाले सो परिणाम देखिएको हो। २००४ मा गुगल पब्लिक कम्पनी रूपमा सूचीकृत भएपछि त्रैमासिक आम्दानी घटेको यो पहिलो वर्ष हो। यस कम्पनीको नाफा ३० प्रतिशत वार्षिकदरमा ७ बिलियन डलरमा सीमित भएकाे छ। तर, विश्लेषकहरुको क्षतिको विश्लेषणलाई भने यस कम्पनीले धमिल्याएको छ।

डिजिटल विज्ञापन बजार अप्रिलमा घट्ने अनुमान गरिएकोमा मे र जून महिनामा बजार वृद्धि भएको देखिन्छ। यी नतिजाबाट आशा गरिएको भन्दा राम्राे नतिजा प्राप्त भएको विश्लेषकहरू बताउँछन्। (एजेन्सीकाे सहयाेगमा)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।