मल्टिनेशनल कम्पनीले बेसार युक्त प्रडक्ट लन्च गर्न थाले, नेपालमा भने मजाकमै सीमित

Aug 06, 2020 08:23 AM Merolagani

कोरोनाको संक्रमण दर विश्व भरिनै बढ्दो क्रममा रहेको छ। तर, यही मौकालाई केही कम्पनीहरूले भने पैसा कमाउने माध्यम बनाउन थालेका छन्। प्राय जसो कम्पनीहरूले इम्युनिटी बुष्टर प्रडक्ट बजारमा उतार्न थालेका छन्।

यसलाई व्यवसायको नयाँ स्वरूपको रुपमा लिन थालिएको छ। यो स्वरूपमा व्यवसाय मात्रै बिस्तार भएको छैन। यसले कम्पनीहरूलाई राम्रो आम्दानी बाटो समेत बनाइदिएको छ।

भारतका धेरै जसो कम्पनीले इम्युनिटी बुष्टर प्रडक्ट बजारमा उतारेका छन्। मदर डेरी, अमुल इन्डिया,कोका–कोला लगायतका धेरै कम्पनीले इम्युनिटी बुष्टर प्रडक्ट बजारमा उतारेका छन्। उनीहरूले यो प्रडक्टको सेवनबाट इम्युनिटी बुष्ट हुने दाबी गरिरहेका छन्। उनीहरूले दाबी मात्रै गरेका छैनन्,यसले रोगसँग लड्न सक्ने क्षमतासम्म वृद्धि गर्ने बताइरहेका छन्। 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न दरिलो इम्युनिटी हुन जरुरी रहेको बताइएको छ। विश्व स्वास्थ्य संगठनदेखि विशेषज्ञ डाक्टरहरूले समेत भनेका छन् कि 'यदि तपाइको इम्युनिटि पावर बढी छ भने त्यसले तपाईलाई कोरोनासँग लड्न बढी मदत गर्नेछ'।

निलसनको रिपोर्ट अनुसार उपभोक्ताको खरिद गर्ने प्यार्टनमा निकै ठूलो परिवर्तन देखिएको छ। उता गुगलमा इम्युनिटी शब्दको खोज ५०० प्रतिशतले वृद्धि भएको छ। मानिसहरूको यही डरलाई ठूला कम्पनीहरूले क्यास गर्न थालेका छन्। यसैलाई मार्केटिङको नयाँ औजारका रुपमा प्रयोग गर्न थालेको छन्।

उदाहरणको लागि स्टार बक्सले हनि-हल्दि लाते, सोयामा आधारित चिया, काँढा र भिटामिन सी युक्त रसबरी, किवी र ब्लुबेरिबाट बनेको स्मुदि बजारमा उतारेका छन्। 

टाटा सेटार बक्सका मुताविक भविष्यमा धेरैजसो ग्राहकले स्वस्थ्य खाने पिउने चिजमा ध्यान दिने छन्। यसै कारण ठुला कम्पनी इम्युनिटि युक्त प्रडक्ट बजारमा ल्याइरहेका छन्। उनीहरूले यसलाई आफ्नो नियमित मेनुमा समेत राख्न थालेका छन्।

भारतकै सबैभन्दा ठूलो कफी चेन,क्याफे कफस डेले बेसारको लाते प्रस्तुत गरेको छ। सिसिडिको मुख्य कार्यकारी अधिकारी विनय ए भोपतकरका अनुसार कोभिड १९ पछि भारतीय परम्परागत खानामा मानिसहरूको झुकाव बढ्न थालेको छ। इम्युनिटी बढाउन भारतीय मसाला निकै राम्रो रहेको विश्लेषण हुन थालेको छ।

यस्तै,चायोसले महामारीको यो समयमा बेसार दूध र बेसार चिया बजारमा लन्च गरेका छन्। कम्पनीका संस्थापक राघव वर्माको भनाइमा उनले धेरै जसो प्रडक्ट मन्त्रालयको दिशा निर्देशनलाई ध्यानमा राख्दै  गरेका हुन्।

चिया रिटेलरको काम गर्दै आएको चिया प्वाइन्टले आफ्नो मेनुमा केही परिवर्तन ल्याएको छ। उसले आफ्नो मेनुमा ज्वानो सुप चिया, लेमा ग्रास चिया, कश्मीरी चिया थपेको छ। यसको प्रयोगले मानिसहरूलाई मौसमी बिरामी निको पार्ने र लाग्न नदिने भन्दै प्रचार गरिएको छ। चिया पोइन्टका संस्थापक अमुलेक सिंह बिजरालले भने, 'घरबाटै काम गर्ने बानीले मानिसको खान पानमा निकै ठूलो परिवर्तन आएको छ। अचेल खाजामा मानिसहरू हेल्दी फुडलाई प्राथमिकतामा राख्न थालेका छन् '।

यता भारतकै प्रसिद्ध डेरी ब्रान्ड अमूल इन्डियाले बेसार दूध, तुलसी दूध र अदुवा दूध बजारमा उतारेको छ। चाँडै उसले अश्वगन्धा र मह दूध लन्च गर्ने तयारी गरेको छ। बजारमा यसको मूल्य भारतीय रुपैयाँ २५ राखिएको छ। हालै कम्पनीले बेसार आइसक्रिम समेत बजारमा उतारेको छ। १२५ एमएलको एक प्याकलाई १२५ भारतीय रुपैयाँ तोकिएकाे छ। बेसार आइसक्रिममा मरीच, मह, खजुर, बदाम र काजु समेत राखिएको कम्पनीको दाबी छ।

प्रडक्ट लन्च गर्दै अमूल कम्पनीका एमडी आर एस सोढीले भने, 'कोरोना भाइरसका कारण मानिसहरू रोग प्रतिरोधात्मक क्षमता बढाउने उत्पादनहरू खोजिरहेका छन्। यसैलाई ध्यानमा राख्दै हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउने उत्पादन बजारमा ल्याएका हौं। आउने दिनमा अमूलले इम्युनो चक्र आइसक्रिम ल्याउनेछ। यसमा बेसार, अदुवा र तुलसी पनि हुनेछ'।

यता अमूलको प्रतिद्वन्द्वी मदर डेरीले इम्युनिटि बुस्टर ड्रिङ्क बटर स्कच बेसार सुगन्धकाे दूध बजारमा ल्याएको छ। बेसारको गुणले भरिएको यो दूधको हरेक बोतलमा एक चम्ची बेसारको फाइदा रहेको कम्पनीको दाबी छ। ब्रेडको कारोबारमा समेत कम्पनी उत्रिएको छ। कम्पनीले तीन प्रकारका स्यान्डबिच ब्रेड, ब्राउन ब्रेड र फ्रुट मिल्क ब्रेड बजारमा ल्याएको छ। मदर डेरीले आउने पाँच वर्षमा आफ्नो रेभिन्यु बढाएर २५ हजार करोड पुर्‍याउने लक्ष लिएको छ।

कोकाकोला समेत बजारमा उत्रिएको छ। उसले मंगलबार मात्रै दुईवटा प्रडक्ट लन्च गरेको छ। उसले मिनट मेट न्युट्रि फोर्स, मिनट मेट बिटा पञ्च इनर्जी ड्रिङ्क ल्याएको हो। यो ड्रिङ्कले मानसिक चुस्तता र इम्युनिटी बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ। यसलाई इम्युनिटि बढाउने फलबाट तयार गरिएको छ।

यो प्रडक्टले कुनै पनि मानिसलाई चाहिने दैनिक भिटामिन सी को यसले परिपूर्ति गर्नेछ। रेस्टुरेन्ट बन्द भएको कारण कोकाकोलाको बिक्री ३२ प्रतिशत झरेको छ। एक वर्ष पहिले यसको रेभिन्यु ७.१५ अर्ब डलर रहेको थियो। जुन अहिले १.७८ अर्ब डलर रहेको छ।

यसैगरी, अनलाइन पसल अमेजनमा जैन कढा बिक्रीमा राखिएको छ। जैन फर्म फ्रेस फुड्स अन्तर्गत आयुष काँढा ल्याइएको छ।

दिल्ली र मुम्बईका धेरै रेष्टुरन्टको मेन्यु पनि परिवर्तन भएका छन्। जस्तै ब्लुबेरि चटनी, टमाटर काँक्रा र हरियो साग सब्जी मिसाएको स्प्राउट्स, सलाद, सोया ब्राउन रइस, ताजा तरकारी सुपलाई आफ्नो मेन्युमा अनिवार्य गर्न थालेका छन्।

(दैनिक भाष्करबाट अनुवादित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।