पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’

Aug 05, 2020 06:45 PM Merolagani

गत बुधबार हामीले विश्व प्रसिद्ध पुस्तक ‘रिच ड्याड, पोर ड्याड’ का लेखक रोबर्ट किओसाकीद्वारा लिखित पुस्तक ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ को पुस्तक सारंशकाे दाेस्राे भाग प्रस्तुत गरेका थियाैँ। आज हामी साेही पुस्तककाे तेस्राे भाग लिएर उपस्थित भएका छाैँ।

कसरी धनी बन्ने भन्ने विषयवस्तु यस पुस्तकमा समेटिएको छ। हाम्रो आर्थिक दृष्टिकोणमा के खराबी छ जसले गर्दा हामी धनी बन्न सकिरहेका छैनौँ भन्ने विषय यस पुस्तकमा प्रष्ट्याइएको छ। यसका साथै यस पुस्तकले पैसाका नयाँ नियमहरू पनि सिकाउँदछ। यसले तपाईको आर्थिक दृष्टिकोण पनि परिवर्तन गर्न सहयोग गर्नेछ भन्ने विश्वास गर्दछौँ। शुरु गरौँ पुस्तक सारंशको तेस्राे तथा अन्तिम भाग।

बिजनेसः
फाइदाहरुः एक व्यवसायको स्वामित्व, सबैभन्दा शक्तिशाली सम्पत्तीमध्ये एक हो किनभने तपाई यसबाट करका सुविधाहरुबाट फाइदा लिन सक्नुहुन्छ, तपाईको क्यासफ्लो बढाउनको लागि सहयोग गर्दछ र सञ्चालनमा तपाईको नियन्त्रण हुन्छ। विश्वका धनी मानिसहरु व्यवसाय सिर्जना गर्छन्। उदाहरणका लागि स्टिभ जब्स, एप्पलका संस्थापक, थोमस एडिसन, जनरल इलेक्ट्रिकका संस्थापक, सर्जी ब्रिन, गुगलका संस्थापक।

बेफाइदाः व्यवसाय मानिसहरुको गहनता हो। त्यसको अर्थ, तपाईले कर्मचारी, क्लाइन्ट र ग्राहक व्यवस्थापन गर्नु पर्ने हुन्छ। एक व्यवसाय सफल हुनको लागि मानविय क्षमता र नेतृत्वको क्षमताका साथै समूहमा कार्य गर्न सक्ने प्रतिभावान् व्यक्तिहरुको आवश्यकता पर्दछ। लेखकको विचारमा, एसेटका चारवटै वर्गहरुमध्ये, एक व्यवसाय सफल हुनलाई सबैभन्दा धेरै बौद्धिकता र अनुभवको आवश्यकता पर्दछ।

रियल स्टेटः

फाइदाहरुः रियल स्टेटमा फाइनान्सिङ्ग मार्फत बैंकको पैसा, लगानीकर्ता मार्फत अरुको पैसा प्रयोग गर्न सकिने, ह्रासकट्टी जस्तो कर फाइदा पूँजीकरण गर्न सकिने र एसेटलाई राम्रोसँग व्यवस्थापन गरिएमा विस्तारै क्यासफ्लो संकलन गर्न सकिने भएकोले यसबाट उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ।

बेफाइदाहरुः रियल स्टेट गहन व्यवस्थापन आवश्यक पर्ने एक अचल सम्पत्ती हो र यदि यसको गलत व्यवस्थापन भयोका भने तपाइको धेरै पैसा जान सक्छ। बिजनेसपछि सबैभन्दा बढी वित्तीय बौद्धिकता आवश्यक पर्ने क्षेत्र रियल स्टेट हो।

कमोडिटिजः सुन, चाँदी, तेल, आदि

फाइदाहरुः मुद्रास्फिति विरुद्धको सबैभन्दा सुरक्षित र राम्रो हेज कमोडिटिज हो। जुन सरकारले पैसा छापिरहेको बेला अत्यन्त महत्वपूर्ण हुन्छ। मुद्रास्फिति विरुद्ध यी कमोडिटिहरु बफर हुन्छ किनभने तिनीहरु मूर्त सम्पत्ती हुन् जसलाई मुद्रासँगै खरिद गरिएको हुन्छ। त्यसैले, जब मुद्राको सप्लाई बढ्छ, तब धेरै डलरहरु यी सामानहरुलाई पछ्याउँछन् अर्थात यी वस्तुहरुको मूल्य पनि बढ्दै जान्छ। यसको राम्रो उदाहरण भनेको आयल, गोल्ड र सिल्भर हुन्, जसको मूल्य अघिल्ला वर्षहरुको तुलनामा प्रत्येक वर्ष बढीरहेको छ।

बेफाइदाहरुः यी वस्तुहरु भौतिक हुने भएकोले, तपाईले यसलाई राम्रोसँग स्टोर गर्नुपर्ने हुन्छ।

तपाईले आफ्नो लागि कुन एसेट क्लास राम्रो र कुन एसेट क्लासमा तपाईको रुचि छ भन्ने निर्णय गरिसकेपछि त्यो एसेट क्लासको बारेमा पढ्न र पैसा लगानी गर्नुभन्दा अघि समय लगानी गर्न लेखक सल्लाह दिन्छन्। लेखकले यसो भन्नुको कारण के हो भने एसेट आफैले तपाईलाई धनी बनाउँदैन। तपाई जुनसुकै एसेट क्लासमा पैसा गुमाउन सक्नुहुन्छ। बरु, तपाईलाई प्रत्येक एसेट क्लाससम्बन्धि ज्ञानले धनी बनाउँछ।

म्युचुअल फण्डको डाभर्सिफाइड पोर्टफोलियोको समस्या भनेको तिनीहरु साँच्चिकै डाभर्सिफाइड छैनन्, किनभने सबै म्युचुअल फण्डहरु पेपर एसेट अर्थात स्टक मार्केटमा केन्द्रित छन्। साँचो डाभर्सिफिकेसन भनेको चारवटै एसेट क्लासमा लगानी गर्नु हो। एकै एसेट क्लासका विभिन्न प्रकारका एसेटमा लगानी गर्नु साँचो डाभर्सिफिकेसन होइन। लेखकको एसेट कोलममा बिजनेस, रियल स्टेट, पेपर एसेट र कमोडिटिज, चारवटै एसेटहरु समावेश छन्।

यो ध्यान दिनुपर्ने कुरा हो। तपाई कुन एसेट क्लासमा राम्रो गर्न चाहनुहुन्छ, रोज्नुहोस्, र सफलता प्राप्त नभएसम्म त्यसैमा लाग्नुहोस्। उदाहरणको लागि यदि तपाई रियल स्टेटमा इच्छुक हुनुहुन्छ भने अध्ययन गर्नुहोस्, अभ्यास गर्नुहोस्, सानोबाट थाल्नुहोस् र जबसम्म निरन्तर तपाईको बैंक खातामा क्यासफ्लो हुन थाल्दैन तबसम्म ध्यान दिनुहोस्। साना सम्झौताहरुबाट क्यासफ्लो सिर्जना गर्न सक्षम छु भन्ने विश्वास भएपश्चात सावधानीपूर्वक लगानीबाट क्यासफ्लो गर्ने कुरामा केन्द्रित भई ठूला सम्झौताहरुतर्फ लाग्नुहोस्।

लेखकले आफ्नै व्यवसाय चाहनेहरुलाई रिच ड्याडको फ्रान्चाइजहरु बिक्री गरे। एक जना व्यक्तिलाई सो फ्रान्चाइज खरिद गर्न करिब ३५ हजार अमेरिकी डलर आवश्यक पर्दछ र करिब २ वर्षमा यदि ती व्यक्तिहरुले रिच ड्याडको बिजनेस ट्रेनिङ्ग कार्यक्रमहरु फलो गर्यो भने एक वर्षमा १ लाखदेखि २ लाख डलरसम्म आम्दानी गर्ने क्षमता हुन्छ।

एक व्यवसायिक लगानीकर्ताले बीमासहित लगानी गर्छ। अधिकांश मानिसहरु इन्स्योरेन्स बिना कार, घरहरु खरिद गर्दैनन्। तर धेरै मानिसहरु इन्स्योरेन्स बिना लगानी गर्छन्। यो जोखिमपूर्ण छ। जस्तै, जब लेखक स्टक मार्केटमा लगानी गर्छन्, तब उनी ‘पुट अप्सन’ जस्ता बीमा खरिद गर्छन्। मानौँ, उनले एक स्टक १० डलरमा खरिद गरे भने यदि सो स्टकको मूल्य घटेमा उनलाई ९ डलर तिर्नु भनेर उनले १ डलरको ‘पुट अप्सन’ पनि खरिद गर्न सक्छन्। यदि त्यो स्टकको मूल्य ५ डलरमा झर्यो भने, त्यो ‘पुट अप्सन’ ले इन्स्योरेन्सजस्तै काम गर्छ र ५ डलरको स्टकलाई ९ डलर तिर्छ।

रियल स्टेटको लगानीका लागि उनले आगो, बाढी र अन्य प्राकृतिक प्रकोपको बीमा गरेका छन्। रियल स्टेटमा लगानी गर्नु फाइदा लेखकलाई के छ भने उनको घरमा भाडामा बस्ने व्यक्तिहरुले त्यो बीमाको खर्च कभर गर्छ। यदि उनको सम्पत्ती जलेर खरानी भयो भने, उनले त्यो पैसा गुमाउँदैनन् किनभने त्यो नोक्सानी बहन गर्न उनले बीमा गरेका छन्।

गुड डेब्ट भनेको करमुक्त पैसा हो। सापटी लिइएको पैसा भएको हुनाले यसबापत तपाईले कर तिर्नु पर्दैन। उदाहरणको लागि, यदि मैले कुनै सम्पत्तकिो लागि २० हजार डलर डाउन पेमेन्ट गरेँ र बाँकी ८० हजार रुपैयाँ सापटी लिएँ भने अधिकांश अवस्थामा २० हजार डलर करपछिको पैसा हुन्छ र बाँकी ८० हजार करमुक्त पैसा हो। डेब्ट (ऋण) प्रयोग गर्नुको शुत्र भनेको कसरी बुद्धिमानीपूर्वक सापटी लिने र त्यो कसरी तिर्ने भन्ने थाहा पाउनु हो। पैसा कसरी सापटी लिने भन्ने थाहा पाएर, आफुले लिएको पैसा अरुलाई तिर्न लगाउने क्षमतालाई तपाईको क्रेडिट एबिलिटी अथवा क्रेडिबिलिटी भनिन्छ। जति तपाईको क्रेडिबिलिटी बढ्छ, त्यति तपाई धनी बन्नको लागि ऋण प्रयोग गर्न सक्नुहुन्छ त्यो पनि करमुक्त।

हामी जहाँ धेरै रोजगारी छ त्यहाँ रियल स्टेट खरिद गर्छौँ। रियल स्टेटको रियल भ्यालु रोजगारीसँग सम्बन्धित हुन्छ। मानिसहरु टेक्सस, ओक्लाहोमामा घर खरिद गर्छन् किनभने त्यहाँ तेल उद्योगसँग सम्बन्धित रोजगारीहरु छन्। मानिसहरु डेट्रोइटमा खरिद गर्दैनन् जहाँ रोजगारी घटिरहेको छ र रियल स्टेटको मूल्य पनि घटिरहेको छ।

हामी प्राकृतिक वा सरकारी अवरोध नभएका स्थानहरुमा सम्पत्ती खरिद गछौँ। जस्तै, हामी आफ्नो अपार्टमेन्ट त्यहाँ खरिद गर्छौँ जहाँ शहर वरिपरि वृद्धिमा कुनै सीमा छैन। अर्को शब्दमा भन्दा जहाँ शहर विस्तार गर्ने कुनै स्थान छैन भने त्यसले सम्पत्तीको मूल्य बढाउँछ किनभने आपूर्ति सीमित हुन्छ। हामी खोला किनारामा भएका सम्पत्ती खरिद गर्छौँ, विस्तारको लागि प्राकृतिक अवरोध।

जब लेखकसँग अत्याधिक क्यासफ्लो हुन्छ, उनी त्यो क्यास सेभिङ्ग एकाउन्टमा राख्नुको सट्टा सुन चाँदीमा लगानी गर्न रुचाँउछन्। ( अनुवाद: प्रत्येक अवाले)

पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ दाेस्राे भाग

पैसाको नयाँ नियमहरु सिकाउने पुस्तक, ‘रिच ड्याड्स कन्सपिरेसी अफ द रिच’ पहिलाे भाग

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।