एनएलजी इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Aug 06, 2020 07:29 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको १ लाख ६१ हजार ७८ कित्ता शेयरमा आज (साउन २२) गतेदेखि आवेदन दिन सकिनेछ। इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर आजदेखि लिलामीमार्फत बिक्री गर्ने भएको हो।

इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। गत साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल शेयरमध्ये ३६ लाख ८१ हजार ३५९.५० कित्ता हकप्रद शेयर बाँडफाँट गरेको थियो।

बाँकी रहेको संस्थापक समूहको ८१ हजार २२४ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयहरु र एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालयमार्फत आवेदन गर्न सक्नेछन्। लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्।

शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता शेयरको लागि आवेदन पेश गर्न सक्नेछन्। लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।