करिब ५ गुणा बढ्यो एभरेष्ट इन्स्योरेन्सको खुद नाफा, ईपीएस कति?

Aug 10, 2020 06:08 AM Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणा बढी हो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३८ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। एक वर्ष अवधिमा इन्स्योरेन्सको बीमाशुल्क करिब २ करोड रुपैयाँले बढेको हो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख र लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा पुनर्बीमा कमिशनबापत १ करोड ५८ लाख रुपैयाँ खर्च गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ लाख ५७ हजार रुपैयाँ मात्र खर्च गरेको छ।

यस अवधिसम्ममा इन्स्योरेन्सले ७९ हजार ५०२ बीमालेख जारी गरी ९० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले ४ हजार १५८ दाबी वापत ४९ करोड १ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ८६१ दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ, ३२ करोड ६७ लाख रुपैयाँ बीमा कोषमा सञ्चित छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैंया ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।